सती प्रथाको प्रादूर्भाव

Authors

  • ज्योति Jyoti उपाध्याय Upadhyaya इतिहास केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर Central Department of History, TU

DOI:

https://doi.org/10.3126/hisan.v10i1.74904

Keywords:

सती प्रथा, स्वच्छता, धार्मिक भावना, हिन्दू समाज, सामाजिक मान्यता

Abstract

नेपाल, भारतलगायत केही देशहरुमा सती प्रथाको प्रचलन प्राचीन कालदेखि नै विद्यमान रहँदै आएको थियो । प्राचीन कालदेखि सती प्रथा चल्दै आएको भए तापनि पतिको मृत्युसँगै पत्नी चितामा जलेर देहत्याग गर्ने जस्तो यो प्रथा एक अमानवीय कार्य थियो । यस्तो कुप्रथा कहाँबाट कहिलेदेखि सुरु भएको थियो भन्ने कुरामा एकमत पाइँदैन । सती प्रथाको उत्पत्तिको आधार हिन्दू धार्मिक ग्रन्थहरु नै हुन् भन्ने तर्कका पनि कुनै भरपर्दा आधारहरू पाइँदैनन् । हिन्दू धर्मका महत्वपूर्ण ग्रन्थहरु ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्व वेदमा नारीहरू सती जाने कुराको उल्लेख गरिएको पाइँदैन । यी वेदहरूको निर्माण गरिनु भन्दा अगाडि नै सती प्रथा प्रचलनमा आइसकेको मानिन्छ । वैदिककालका मानिसहरु सती प्रथाको बारेमा जानकार थिए । तर उनीहरूले त्यो प्रथा व्यवहारमा अपनाएका थिएनन् । वेदको रचना पछिका विभिन्न पुरोहितहरूले पुराणहरूको रचना गरे । त्यसमा पितृसत्ताको आधिपत्य स्थापना गर्नका लागि पुरोहितहरूले स्त्री धर्मको निर्माण गरे । त्यसमा नारीको दायित्व, कर्तव्य, नैतिक जिम्मेवारीका कुराहरू उल्लेख गरी नारीहरूलाई सती पठाउने गरेको देखिन्छ । तिनमा पनि धर्म र पापसँग स्त्रीहरूलाई जोडेर, पुरुषप्रति नारीहरू उदार रहनु पर्ने सबैको मालिक भगवान् पुरुष जसलाई नारीहरूले जीवन छउन्जेल र मृत्यु पर्यन्त पनि सन्तुष्ट राख्दै सात जन्मसम्म सँगै बस्न पाइने बहानामा सती पठाइएको अध्ययनबाट थाहा पाइन्छ । यसका साथै पुरुषहरूले आर्थिक र राजनीतिक उपलब्धि हासिल गर्न सती पठाउने प्रचलन चलाएको देखिन्छ । केही स्थानमा धर्मको नाममा अन्धविश्वासले र केहीमा  अरूको दबाबमा सती गएको पाइन्छ । सतीको अर्थ सत्यमाथि विश्वास गर्ने स्त्रीसँग सम्बन्धित छ । यसमा पति पत्नीको सम्बन्ध एकदमै अटुट भएको कुरा व्यक्त गरिन्छ । सती प्रथाको उदय मानव सभ्यताको उदयसँगै महापाषाण् युगमा मृतकको साथमा उसले उपभोग गर्ने वस्तुहरूसँगै जलाउने गाड्ने प्रचलन थियो । यही विश्वासले यो प्रथाले अनुकूलता पायो र पत्नीलाई पनि वस्तु सरह जलाउन थालेको अनुमान लगाउन सकिन्छ । यो प्रथाको सुरुआत कहिलेदेख सुरु भयो भन्न सकिँदैन । सती प्रथाको प्रचलन नेपाल भारतमा मात्र नभएर अन्य देशमा पनि पाइएको छ । सती प्रथाको पहिलो प्रमाण ४६३ इशापूर्वमा नेपालमा र त्यसपछि ५१० कमन इरा BC.E. मा भारतमा पाइएको थियो । पन्ध्रौँ शताब्दीदेखि अठारौँ शताब्दीमा सती प्रथाको चरम विकास र अभ्यास भएको थियो । सती प्रथा विशेष गरी राजपुतहरूमा त्यसपछि अन्य जातमा पनि अभ्यास गर्न थालिएको उल्लेख  पाइन्छ ।

Downloads

Download data is not yet available.
Abstract
14
PDF
9

Downloads

Published

2024-12-31

How to Cite

उपाध्याय Upadhyaya ज. J. (2024). सती प्रथाको प्रादूर्भाव . HISAN: Journal of History Association of Nepal, 10(1), 104–116. https://doi.org/10.3126/hisan.v10i1.74904

Issue

Section

Articles