मिडिया कभरेजमा दोस्रो सल्लाहकार सभा
DOI:
https://doi.org/10.3126/hisan.v10i1.74835Keywords:
संसद, पहिलो जननिर्वाचित सरकार, प्रजातन्त्र, प्रेस स्वतन्त्रताAbstract
प्रस्तुत अध्ययन नेपालमा वि.सं.२००७ सालको क्रान्तिपछि भएको संसदीय अभ्यास राणा शासनको अन्त्य गरी संविधानसभा निर्वाचन मार्फत मुलुकको शासकीय स्वरुपको मार्गचित्र तय गरेको र संविधानसभाको चुनाव नहुँदासम्म व्यवस्थापिकाको काम गर्न एक सदनात्मक सल्लाहकार सभाको गठन गरिएको विषय त्यसका कार्यमा केन्द्रीत रहेका छन् । पहिलो सल्लाहकार सभा वि.सं. २००८ सालमा गठन भयो । छोटो अवधिमै बिघटन पनि भयो । वि.सं.२०११ सालमा गठन भएको दोस्रो सल्लाहकार सभाले बेलायती संसद (वेष्ट मिनिष्टर) को अभ्यास आरम्भ गरेको पाइन्छ । नेपालमा संसदीय अभ्यास र परम्पराको जग बसाउन दोस्रो सल्लाहकार सभाको अभ्यासले ठूलो योगदान छ । यो सभामा मुलुकका जल्दा वल्दा समस्याका विषयमा गर्मागर्म वहस भएको, विधेयकहरु प्रस्तुत भै पारित भएको, सरकारका काम कारवाही माथि प्रयाप्त छलफल, वहस भएको, अनौपचारिक रुपमा सत्ता र प्रतिपक्षको अभ्यास गरिएको पाइन्छ । राजा त्रिभुवनले नेपालमा प्रजातान्त्रिक शासन प्रणालीलाई सवल बनाउदै जान खोजे पनि उनका उत्तराधिकारी महेन्द्रले दरवारलाई बलियो बनाउने रणनीति अवलम्बन गर्न खोज्दा त्यसको प्रत्यक्ष प्रभाव सल्लाहकार सभामा परेको देखिन्छ । महेन्द्र राजा भएपछिका दिनमा राजनीतिक दलको आन्तरिक मामिलामा दरवारले अधिक चासो दिन थालेको, दलहरु नेताहरुलाई जुधाउने, फुटाउने र जनताका अधिकार खोसेर दरवारलाई बलियो बनाउने क्रम बढेको देखिन्छ । यो अध्ययन वि.सं.२०११ देखि २०१२ जेठ २७ सम्म नेपालमा भएको संसदीय अभ्यास र त्यस बारे भएको मिडिया कभरेजमा केन्द्रीत रहेको छ ।