नेपालको भाषिक सन्दर्भ र लिपि प्रयोग

Authors

  • रम्भाकुमारी अर्याल नेपाली विभाग, नेसंवि, जनता विद्यापीठ, बिजौरी, दाङ, नेपाल

DOI:

https://doi.org/10.3126/haimaprabha.v23i1.66734

Keywords:

अपसरण, देवनागरी, बहुभाषिक, मूलप्रयोक्ता, लिपिप्रयोग

Abstract

नेपालको संविधान २०७२ ले नेपाललाई बहुभाषिक मुलुकका रूपमा स्थापित तुल्याएको छ । भर्खर भर्खरै सम्पन्न राष्ट्रिय जनगणना २०७८ को विस्तृत प्रतिवेदन नआइसकेको भए पनि उक्त जनगणनाको प्रारम्भिक प्रतिवेदनअनुसार नेपालमा पाँच भाषापरिवारका १२४ भाषाको अस्तित्व रहेको देखिन्छ । तीमध्ये १३ वटा भाषाका वक्ताको सङ्ख्या कूल जनसङ्ख्याको नब्बे प्रतिशतभन्दा बढी रहेको छ । एकातिर भाषिक विविधताको सन्दर्भ यस्तो छ भने भाषाको लेख्य रूप अर्थात् लिपिका सन्दर्भमा चाहिँ नेपालमा विविधताभन्दा एकात्मकताको प्रवृत्ति देखापर्छ । उल्लिखित भाषिक र लिपिगत सन्दर्भ नै प्रस्तुत लेखको मूल विषयवस्तु हो । प्रस्तुत अध्ययनको मुख्य प्राज्ञिक समस्या वा जिज्ञासा नेपालको भाषिक स्थितिको सापेक्षतामा लिपिको प्रयोगसन्दर्भ र यसको औचित्य एवम् सान्दर्भिकताको खोजी गर्नु हो । उक्त पृष्ठभूमिमा नेपालका मुख्य भाषाको विवरण प्रस्तुत गर्दै तिनमा पाइने लिपि प्रयोगको अवस्थाको समीक्षा गर्नु प्रस्तुत आलेखको मुख्य उद्देश्य हो । यस अध्ययनमा नेपालका भाषाहरूको सङ्ख्यात्मक स्थिति, तिनीहरूले प्रयोग गर्ने लिपिसम्बन्धी जानकारी र विभिन्न भाषाहरूले साझा रूपमा प्रयोग गर्ने गरेको देवनागरी लिपिको अवस्थाका बारेमा विश्लेषण गरिएको छ । अध्ययनलाई अगाडि बढाउन र अनुसन्धानसम्बन्धी दृष्टिकोण निर्माण गर्न केही जर्नल, अनुसन्धानसँग सम्बन्धित पत्रपत्रिका, विभिन्न विद्वान्हरूका प्रकाशित कृति तथा विभिन्न शोधपत्रहरूको सहयोग लिइएको छ । पुस्तकालयीय अध्ययनमा आधारित गुणात्मक र व्याख्यात्मक प्रकृतिको प्रस्तुत आलेखमा आगमनात्मक विधिमा आधारित रही सामग्रीको विश्लेषण र उपयुक्त निष्कर्षको प्रतिपादन गरिएको छ । उपलब्ध तथ्यका आधारमा गरिएको विश्लेषणबाट पछिल्लो कालखण्डमा नेपालका विभिन्न भाषिक समुदायमा बढिरहेको सामाजिक र सांस्कृतिक सचेतनाले पहिचानको आकाङ्क्षालाई जागृत तुल्याएको तर व्यवहारमा चाहिँ मातृभाषाको प्रयोग पातलिँदै गएको यथार्थ देखापर्छ । यसले गर्दा भाषा र लिपिका क्षेत्रमा अनेकौँ समस्याहरू देखा परिरहेका छन् । प्राचीन लिपि बुझ्ने र व्यवहार गर्ने तत्तत् मातृभाषाका व्यक्तिहरूको सङ्ख्या सीमित हुँदै गएको सन्दर्भमा अधिकांश भाषाहरूका लागि अभिव्यक्तिको एक मात्र माध्यम देवनागरी लिपि बन्न पुगेको तथ्य प्रस्तुत अध्ययनबाट प्राप्त मूल निष्कर्ष हो ।

[The present study discusses the traditional practice of the script being used in the main languages of Nepal and the trend of change in the new context. According to the Census held in 2078, there are 124 languagesin Nepal. Among them, the number of speakers of 13 languages​is more than ninety percent of the total population. However, the census of 2068 admits the existence of 123 languages. Out of the 124 mother tongues mentioned in the 2078 statistics, only two languages with less than 100 speakers are Bankaria and Kusunda. The main academic problem of the study is the search for the context of use of the script and its justification and relevance in relation to the linguistic situation of Nepal. In this background, the main purpose of this article is to review the use of tradition of script in Nepalese languages and to analyze the increasing trend of using Devanagari script in the most Nepalese languages. In this study, the numerical status of the languages of Nepal, the information about the script they use and the condition of the Devanagari script used in common by different languages have been analyzed. In order to advance the study and build a research approach, the help of some journals, research related newspapers, published works of various scholars and various research papers has been taken. This article reached to the conclusion that the number of native speakers who practice the ancient script is getting limited because Devanagari script has become the only means of expression for most of the languages users.]

Downloads

Download data is not yet available.
Abstract
24
PDF
16

Author Biography

रम्भाकुमारी अर्याल, नेपाली विभाग, नेसंवि, जनता विद्यापीठ, बिजौरी, दाङ, नेपाल

उपप्राध्यापक

Downloads

Published

2024-06-17

How to Cite

अर्याल र. (2024). नेपालको भाषिक सन्दर्भ र लिपि प्रयोग. Haimaprabha, 23(1), 106–121. https://doi.org/10.3126/haimaprabha.v23i1.66734

Issue

Section

Articles