अनलाइन अनुसन्धान पद्धतिमा तथ्याङ्क सङ्कलन विधि

Authors

  • महेन्द्र भण्डारी नेपाली विभाग, नेसंवि, जनता विद्यापीठ, बिजौरी, दाङ, नेपाल

DOI:

https://doi.org/10.3126/haimaprabha.v23i1.66733

Keywords:

अनलाइन, अनुसन्धान, विश्लेषण, सञ्जाल, सर्वेक्षण, Online, Research, Analysis, Networking, Surveys

Abstract

दस्ताबेज विश्लेषणमा आधारित यस लेखमा अनलाइन अनुसन्धान पद्धतिमा तथ्याङ्क सङ्कलनमा के कस्ता विधिहरू प्रचलित रहेका छन् भन्ने मूल समस्याको समाधानमा केन्द्रित रहेको   छ । लेख तयार पार्न अनुसन्धान अनुसन्धानका विभिन्न क्षेत्र मध्ये मूल समस्यासँग सम्बन्धित पक्षहरू चयनका लागि सोद्देश्यमूलक नमुना छनोट पद्धतिको प्रयोग गरिएको छ । अनलाइन अनुसन्धान पद्धतिमा तथ्याङ्क सङ्कलन विधिको खोजी गर्ने उद्देश्यले तयार पारिएको यस लेखमा पछिल्लो समयमा अनलाइन पद्धतिमा आधारित भएर सामग्री सङ्कलन गर्ने विधि‚ परम्परा‚ सामग्री सङ्कलन गर्ने माध्यम तथा साधनहरूको र त्यस प्रक्रिया आदिका सम्बन्धमा विभिन्न तथ्याङ्क वा तथ्यको विश्लेषण गरी निष्कर्ष निकाल्ने प्रयत्न गरिएको छ । यस लेखमा सन् २०२३ सम्ममा विकसित भएका अनलाइन अनुसन्धान पद्धतिमा प्रयोग भएका विधि मध्ये बढि प्रचलनमा रहेका प्रसिद्ध विधिहरूको चयन गरिएको छ । परम्परागत अनुसन्धान विधि कागज र निश्चित क्षेत्रमा सीमित हुने भएकाले अनलाइन अनुसन्धान विधि प्रचलनमा आएको छ । अनलाइन अनुसन्धान विधिमा सबैभन्दा जटिल सामग्री सङ्कलन विधिको रहेको छ । यस्ता सामग्री सङ्कलनका लागि उपयुक्त हुने साइटमा तथा एपहरूको पनि विवरण प्रस्तुत गरिएको छ । यसबाट गुणात्मक तथा परिमाणात्मक दुवै किसिमको अनुसन्धान गर्न सकिने र त्यसका लागि कम्प्युटर‚ मोबाइल‚ आई प्याड जस्ता साधनको माध्यबाट एप‚ विभिन्न वेब साइट आदिबाट सामग्री सङ्कलन गर्न सकिन्छ भन्ने निष्कर्ष निकालिएको छ ।

[This article focuses on addressing the fundamental issue of what techniques are commonly used in online research data collection through document analysis. To produce the article, elements relevant to the central issue have been chosen from a variety of research domains using a dubious sample selection technique. The goal of this article's preparation was to find an online research method for data collection. Through analysis of a variety of data and facts pertaining to the process, means, and tools of material collection, as well as methods, traditions, etc., conclusions have been drawn based on the online method.In this article, the most widely utilized techniques for online research that have been developed up till 2023 are highlighted. Online research techniques are becoming more popular because traditional research methods are restricted to paper and particular fields. The data collection approach is among the trickiest techniques used in online research. Additionally, information on the websites and applications that are useful for gathering these kinds of materials has been provided. This leads to the conclusion that research can be conducted using both qualitative and quantitative methods, and materials can be gathered via computers, smartphones, iPads, applications, different websites, etc.]

Downloads

Download data is not yet available.
Abstract
103
PDF
22

Author Biography

महेन्द्र भण्डारी, नेपाली विभाग, नेसंवि, जनता विद्यापीठ, बिजौरी, दाङ, नेपाल

उपप्राध्यापक

Downloads

Published

2024-06-17

How to Cite

भण्डारी म. (2024). अनलाइन अनुसन्धान पद्धतिमा तथ्याङ्क सङ्कलन विधि. Haimaprabha, 23(1), 91–105. https://doi.org/10.3126/haimaprabha.v23i1.66733

Issue

Section

Articles