मदन भण्डारीका सृजनामा भाषिक चयन र विचलन
DOI:
https://doi.org/10.3126/haimaprabha.v23i1.66690Keywords:
अनुभूति, कलासौन्दर्य, प्रयोक्ता, शैलीशिल्प, सञ्चेतनाAbstract
प्रस्तुत अनुसन्धानात्मक लेखमा मदन भण्डारीका साहित्यिक रचनाहरूलाई छनोट गरी तिनमा अभिव्यक्त शिल्पपक्षका सौन्दर्यात्मक गुणलाई चयन तथा विचलनका माध्यमबाट रेखाङ्कन गरिएको छ । भण्डारी नेपालको पूर्वी पहाडी जिल्लामा जन्मेर वनारसबाट शिक्षा हासिल गरी देशको सेवा गर्ने अठोटसहित स्वदेश फर्केका युवा देखिन्छन् ।उनमा सामाजिक समानताबाट मानवीय सञ्चेतनाअभिवृद्धि गरी सामाजिक रूपान्तरण गर्ने अभिलाषा पलाएकोपाइन्छ।उनी मूलतः सामाज रूपान्तरणका लागि साहित्य र राजनीति दुवैलाई प्रयोग गर्ने स्रष्टा मन भएका राजनीतिक व्यक्ति हुन्छन् । उनका रचनामा वर्गीय विषमताले युक्तमानिसका जीवनको यथार्थ चित्रण भेटिन्छ ।कृतिमा अङ्कित पात्रहरू पञ्चायतकालीन राजनीतिबाट अन्यायमा पारिएका हुन्छन् , त्यसबाट मुक्ति पाउन जागरण सहितको सामाजिक रूपान्तरण आवश्यक मानिन्छ भन्ने सन्दर्भ भण्डारीका रचनामा मुखरित भएको पाइन्छ ।त्यसैले मदनद्वारा लेखिएका प्रत्येक कविता, गीत, कथा ,नाटक , निबन्ध आदिमा नेपाली जनताको चासो तथा माटोप्रति सचेत भएर सम्बोधन गरिएको हुन्छ।उनका रचनालाई आधार मानी विश्लेषण गर्दा विधागत भाषिक चयन र विचलनको विन्यास तिनका कृतिमा प्रशस्त पाइएको हुनाले ती रचनाहरू मर्मस्पर्शी बनेका देखिन्छन् । त्यसकारण भण्डारीका सृजनाहरू कलासौन्दर्यका दृष्टिले सशक्त र गरिमाशाली छन् भन्ने निष्कर्षात्मक तथ्य यसमा उत्खनित भएको पाइन्छ ।
[This article discusses on the literary works of Madan Bhandari in relation to the aesthetic qualities and the artistic aspects expressed in the different texts. Bhandari is a young man born in the eastern hilly district of Nepal, educated in Varanasi. He returned to home with the determination to serve the country. His works display his desire to transform society by increasing human awareness through social equality. He seems to be a political person with a creative mind who uses both literature and politics for social transformation. One finds a realistic depiction of the life of people with class differences in his works. The characters in his works are subjected to injustice due to Panchayat politics. Consequently, human awareness initiates social transformation so that they could solve the problem. Therefore, Madan addresses the interests of the Nepali people and the need of the land in his poem, song, story, and essay. Analyzing his works on the basis of linguistic selection , his works are found touching. Therefore, we conclude that Bhandari's creations are strong and dignified from the point of view of aestheticism.]
Downloads
Published
How to Cite
Issue
Section
License
This work is licensed under a Creative Commons Attribution 4.0 International License.
© Nepal Sanskrit University, Janata Campus, RMC, Bijauri Dang, Nepal