नेपालको विद्यालय तहको पाठ्यक्रममा नैतिक शिक्षा

Authors

  • युवराज कंडेल बुटवल मोडेल कलेज, कानुन अध्ययन विभाग तथा कालिका मानवज्ञान मा वि, बुटवल

Keywords:

पाठ्यक्रम, नैतिक शिक्षा, सदाचार, जीवनोपयोगी सिप, दर्शन

Abstract

नैतिकता भनेको समाजले 'सही' वा 'गल' मान्ने व्यवहारको प्रणाली हो । नैतिक शिक्षा भनेको समाजको असल र सही व्यवहारलाई भविष्यका नागरिकहरूमा हस्तान्तरण गर्ने क्रियाकलाप हो  । नैतिक शिक्षाको उपयोग निश्चित धर्म संस्कृति या नीतिका कथाहरूमा अभ्यस्त हुने या तुल्याउने मात्र नभई यसलाई मानव जीवनका मूल्यहरूसँग सम्बन्धित गराई आचरण, चरित्र, गुण र त्यसलाई व्यवहारमा उतार्ने उपयुक्त माध्यम समेत हो ।  नैतिक शिक्षा विषयको पाठ्यक्रमको मूलभूत उद्देश्य आधुनिक समाजका लागि सुयोग्य, स्वावलम्बी एवम् कर्तव्य र अधिकारलाई सन्तुलित ढङ्गले प्रयोग गर्न सक्ने प्रतिस्पर्धी नागरिक तयार गर्नु हो । नेपालमा परापूर्वकालदेखि नै शिक्षाको प्रमुख उद्देश्य विद्यार्थीहरूमा उच्च नैतिकता र असल चरित्र निर्माण गर्नु रहेको थियो । नेपालको शिक्षामा आमूल परिवर्तन ल्याएको रा.शि.प.यो.ले लागु गरेको नयाँ शिक्षामा नैतिक शिक्षालाई महत्त्वपूर्ण स्थान दिइएको थियो । देश गणतान्त्रिक व्यवस्थामा गएपछि तयार गरिएको राष्ट्रिय शिक्षा नीति र शिक्षाका उद्देश्यहरूले सिर्जनशीलता, रचनात्मकता, अध्ययनशीलता, सकारात्मक चिन्तन र सदाचारजस्ता गुण विकास गर्ने कुरालाई जोड दिएको छ र यसैमा आधारित रहेर राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ समेत तयार गरिको छ ।  वर्तमान पाठ्यक्रमअनुसार सामाजिक अध्ययन विषयलाई बालबालिकामा नैतिकता विकास गर्ने मुख्य विषयको रूपमा लिइएको  छ । यो विषयमा नैतिकता विकसित गर्ने पाठ्यवस्तुहरूलाई विभिन्न एकाइहरूमा समावेश गरिएको पाइन्छ । यस आलेखमा विद्यालय तहको पाठ्यक्रममा नैतिक शिक्षा सम्बन्धित विषयवस्तुहरू कसरी समावेश गरिएको छ भन्ने कुराको विश्लेषण गरिएको छ ।

Abstract
1274
PDF
0

Author Biography

युवराज कंडेल, बुटवल मोडेल कलेज, कानुन अध्ययन विभाग तथा कालिका मानवज्ञान मा वि, बुटवल

उपप्राध्यापक

Downloads

Published

2023-07-14

How to Cite

नेपालको विद्यालय तहको पाठ्यक्रममा नैतिक शिक्षा. (2023). Haimaprabha, 1(22), 97-110. https://doi.org/10.3126/haimaprabha.v1i22.56542

Issue

Section

Articles

How to Cite

नेपालको विद्यालय तहको पाठ्यक्रममा नैतिक शिक्षा. (2023). Haimaprabha, 1(22), 97-110. https://doi.org/10.3126/haimaprabha.v1i22.56542