‘त्यो फेरि फर्कला ?’ कथामा यौन अभिव्यक्तिको स्वरूप

Authors

  • अम्बिकाप्रसाद डाँगी

DOI:

https://doi.org/10.3126/haimaprabha.v1i22.56515

Keywords:

राग, कामावेग, तृप्त, दमीत, मनोकाङ्क्षा

Abstract

भवानी भिक्षुको ‘त्यो फेरि फर्कला ?’ कथामा प्रस्तुत यौन अभिव्यक्तिको स्वरपसँग प्रस्तुत लेख सम्बिन्धित छ । यसै क्रममा कथाकार भिक्षुको यौनकथा लेखनगत प्रवृतिलाई पनि सङ्क्षेपमा चिनाइएको छ । भिक्षुको ‘त्यो फेरि फर्कला ?’कथालाई यौन कथागत मूल्यमान्यता र अवधारणामा  आधारित भई कथामा अभिव्यञ्जित यौनका स्वरूपको पहिचान गर्नु नै यस लेखको उद्देश्य हो । यो अध्ययन गुणात्मक विधिमा आधारित छ । अध्ययनका क्रममा पुस्तकालय कार्यका माध्यमले सामग्री सङ्कलन गरी वर्णनात्मक, विश्लेषणात्मक एवम्  तार्किक विधिको उपयोग गरी सामग्रीको अध्ययन विश्लेषण गरिएको छ । अध्ययनबाट शिष्ट, मर्यादित एवम् श्लील रूपमा यौनलाई केन्द्रमा राखेर आन्तरिक मनोयथार्थको विचरण गर्ने  सफल यौन कथाकारका रूपमा भवानी भिक्षु रहेको निष्कर्ष प्राप्त भएको छ । यौनकथाको पहिचान गर्न सघाउ पुग्ने हेतुले  सङ्क्षेपमा सैद्धान्तिक पर्याधार र कथामा यौनको तात्पर्यबारे चर्चा गरिएको छ । सानीमा युवकप्रतिको प्रेमाशक्तिका कारण जागृत भएको एकहोरो प्रेमले निम्त्याएका पट्यारलाग्दा दिनचर्या एवम् युवक र सानीको ‘प्रेम’प्रतिको भिन्नभिन्न मनोलोकका कारण दुर्घटित हुन पुगेको सानीको एकपक्षीय असफल प्रेम तथा यौन अभिव्यक्तिका मूलभूत प्रकृतिहरू प्रेमको अमरत्व, सामाजिक मर्यादा, कल्पना, भावावेग र हीनताबोध रहेका छन् । यस लेखमा यौन अभिव्यक्तिका यी विविध पक्षको विश्लेषण गरी निष्कर्ष प्रस्तुत गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
65
PDF
51

Downloads

Published

2023-07-14

How to Cite

डाँगी अ. (2023). ‘त्यो फेरि फर्कला ?’ कथामा यौन अभिव्यक्तिको स्वरूप . Haimaprabha, 1(22), 1–13. https://doi.org/10.3126/haimaprabha.v1i22.56515

Issue

Section

Articles