'देवरात' खण्डकाव्यमा मिथकीय आद्यरूप [Mythical prototype in 'Devarat' Khandakavya]

Authors

  • शालिकराम Shalikram पौड्याल Paudyal नेपाली विभाग त्रिवि, बुटवट बहुमुखी क्याम्पस, बुटवल, नेपाल

DOI:

https://doi.org/10.3126/haimaprabha.v21i01.44869

Keywords:

मिथक, आद्यरूप, बलिप्रथा, मानवता, दारिद्रय

Abstract

मिथकीय काव्यको वस्तुमा आद्यरूप आएका हुन्छन् । यस्ता आद्यरूप सामूहिक अचेतनमा रहने परम्परागत विषयवस्तु हुन् र ती विषयवस्तुहरू कथात्मक ढाँचामा मिथकका माध्यमबाट व्यक्त भएका  हुन्छन् । पूर्वीय ग्रन्थमा रहेको अजीगर्तको पुत्र शुनःशेपलाई राजा हरिश्चन्द्रको यज्ञमा पशुका रूपमा बलि दिनका लागि तयार गरिएको, विश्वामित्रले शुनःशेपको रक्षा गरेको र शुनःशेप देवरात भएको कथालाई मूल आधार बनाइएको छ । काव्यको मिथकीय वस्तुको आद्यरूपीय ढाँचाअन्तर्गत बलिप्रथा, स्वर्ग र नरक, मानवता, दारिद्रय र शोषण, मन्त्र शक्ति, श्राप, द्रव्यमोह, संरक्षकत्व जस्ता आद्यरूपहरू आएका छन् । यिनै आद्यरूप भएको देवरात खण्डकाव्यका माध्यमबाट आदिम समयदेखि हुँदै आएका विषय तथा तत्कालीन समाज कतिसम्म नृशंस र विद्रूप रहेछ र हाम्रा सम्बन्धहरू कतिसम्म लज्जास्पद बनेका रहेछन् भन्ने कुरा देखाएको छ । पूर्वीय मिथकमा आधारित यस काव्यमा तत्कालीन समाज व्यवस्थाका खराबीलाई देखाउँदै समतामूलक, मानवता भएको समाजको स्थापना आवश्यक रहेको कुरा देखाइएको छ । यहाँ पूर्वीय मिथकमा आधारित देवरात खण्डकाव्यको वस्तुमा आएका आद्यरूपको खोजी गरी त्यसका माध्यमबाट अभिव्यक्त युगीन सन्दर्भको अध्ययन गर्ने काम गरिएको  छ ।

Downloads

Download data is not yet available.
Abstract
82
PDF
72

Author Biography

शालिकराम Shalikram पौड्याल Paudyal, नेपाली विभाग त्रिवि, बुटवट बहुमुखी क्याम्पस, बुटवल, नेपाल

उपप्राध्यापक

Downloads

Published

2022-05-17

How to Cite

पौड्याल Paudyal श. S. (2022). ’देवरात’ खण्डकाव्यमा मिथकीय आद्यरूप [Mythical prototype in ’Devarat’ Khandakavya]. Haimaprabha, 21(01), 213–228. https://doi.org/10.3126/haimaprabha.v21i01.44869