नेपाली दलित समुदायका समस्या र साहित्यमा दलितदृष्टि [Problems of Nepali Dalit community and Dalit vision in literature]

Authors

  • रम्भा Rambha अधिकारी अर्याल Adhikari Aryal नेपाली विभाग नेसंवि, जनता विद्यापीठ, बिजौरी, दाङ, नेपाल

DOI:

https://doi.org/10.3126/haimaprabha.v21i01.44866

Keywords:

दलित, दासयुग, वर्णव्यवस्था, कर्मशील, छुवाछुत

Abstract

वर्णाश्रम व्यवस्थाभित्र लामो समयदेखि उत्पीडनमा पारिएको, दबाउँदै आइएको वा दबिएको समुदायलाई बुझाउने शब्दका रूपमा ‘दलित’ शब्द प्रचलित छ । यद्यपि यस शब्दसँग मिल्दाजुल्दा केही शब्दहरू वेद, उपनिषद्, ब्राह्मणग्रन्थ, स्मृतिग्रन्थ र पुराणहरूमा पाइन्छन् । नेपाली दलितहरूले आर्थिक क्षेत्रका समस्या, राजनीतिक–प्रशासनिक क्षेत्रका समस्या र सामाजिक–सांस्कृतिक क्षेत्रका समस्या गरी मूलतः तीनवटा विषयक्षेत्रसँग सम्बन्धित समस्याहरू भोगिरहेका छन् । यी समस्यालाई नीतिगत र धारणागत गरी दुई वर्गमा विभाजित गर्न सकिन्छ । प्रस्तुत लेखमा यिनै समस्यालाई नेपाली साहित्यका विभिन्न विधामा केकसरी चित्रण गरिएको छ भन्ने सन्दर्भलाई सङ्क्षिप्त रूपमा केलाइएको छ । प्रस्तुत लेख गुणात्मक अध्ययन पद्धतिमा आधारित छ । यस अध्ययनबाट नेपाली साहित्यअन्तर्गतका विभिन्न विधा, विशेषगरी फुटकर कविता, गीत, गीतिनाटक, कथा, उपन्यास र निबन्ध विधामा दलित समस्याको सामान्य उठान गरिएको देखियो । यीमध्ये उपन्यास, कथा र कविता विधामा दलित विषयक सन्दर्भको विशेष उपस्थिति रहेको देखिन्छ।

Downloads

Download data is not yet available.
Abstract
365
PDF
121

Author Biography

रम्भा Rambha अधिकारी अर्याल Adhikari Aryal, नेपाली विभाग नेसंवि, जनता विद्यापीठ, बिजौरी, दाङ, नेपाल

उपप्राध्यापक

Downloads

Published

2022-05-17

How to Cite

अधिकारी अर्याल Adhikari Aryal र. R. (2022). नेपाली दलित समुदायका समस्या र साहित्यमा दलितदृष्टि [Problems of Nepali Dalit community and Dalit vision in literature]. Haimaprabha, 21(01), 196–204. https://doi.org/10.3126/haimaprabha.v21i01.44866