नेपाली भाषाका सुदूरपश्चिमेली भाषिकाहरूमा शब्दतात्त्विक एवं ध्वनितात्त्विक समानता [Linguistic and phonological similarities in the far western dialects of Nepali language]

Authors

  • यज्ञेश्वर Yaggeshvar निरौला Niraula नेपाली विभाग त्रिवि, रत्न राज्यलक्ष्मी क्याम्पस, काठमाडौं, नेपाल

Keywords:

कोशीय समानता, भाषिक विन्दु, छिमेकी भाषिका, ध्वनिगत विशेषता, भाषिका मापन ।

Abstract

भाषाका सामाजिक, भौगोलिक, ऐतिहासिक, व्यक्तिभेद र प्रयोजनपरक भेद गरी विभिन्न भेद पाइए तापनि भौगोलिक भेदलाई भाषिका भन्ने गरिन्छ । नेपालको सुदूरपश्चिमको पहाडी क्षेत्रका अधिकांश वक्ताले जुन बोली प्रयोगमा ल्याएका छन् तिनमा भाषिक क्षेत्रपिच्छे अलग अलग भेद देखा परेका छन् ।  भाषिका मापनको महŒवपूर्ण आधार भाषिक समानता मापन हो । यस भेगमा रहेका अछाम, बाजुरा, बझाङ, डुम्राकोट, निरोली, डडेलधुरा, दुहु, मार्मा, लेकम, पुर्चौडी, चुहागढ, मल्लो सोराड आदि विभिन्न भाषिक क्षेत्रको बोली अलग अलग भाषा नभएर एउटै भाषाका भिन्नाभिन्नै भाषिका हुन् भन्ने कुरा यस शोधलेखमा भाषिक समानता मापनका माध्यमबाट पुष्टि गरिएको छ । क्षेत्रीय पद्धतिमा उपर्युक्त सबै भाषिका क्षेत्रबाट सङ्कलन गरिएका आधारभूत सय शब्दलाई भाषिक समानता मापन गर्ने आधार बनाइएको छ र कग प्रविधिबाट सुदूरपश्चिमको पहाडी क्षेत्रमा बोलिने भाषिकामा सय शब्द सङ्कलन र भाषिका मापन गरी प्रत्येक भाषिक क्षेत्रमा बोलिने यहाँको बोलीलाई भाषिका मापनका आधारमा एउटै भाषाका भाषिका हुन् भनी निष्कर्ष निकालिएको छ । नेपाली भाषाको पुर्बेली भाषिकाभन्दा फरक ढाँचा र शैलीमा बोलिए तापनि पुर्बेली भाषिकाकै सापेक्षतामा सङ्कलित सामग्रीलाई विश्लेषण गर्दा सुदूरपश्चिममा बोलिने विभिन्न भाषिकाहरू पनि नेपाली भाषाकै भौगोलिक भाषिका हुन् भन्ने तथ्य यस अध्ययनबाट पुष्टि भएको छ ।

Abstract
406
PDF
0

Author Biography

यज्ञेश्वर Yaggeshvar निरौला Niraula, नेपाली विभाग त्रिवि, रत्न राज्यलक्ष्मी क्याम्पस, काठमाडौं, नेपाल

सहप्राध्यापक

Downloads

Published

2022-05-17

How to Cite

नेपाली भाषाका सुदूरपश्चिमेली भाषिकाहरूमा शब्दतात्त्विक एवं ध्वनितात्त्विक समानता [Linguistic and phonological similarities in the far western dialects of Nepali language]. (2022). Haimaprabha, 21(01), 154-170. https://doi.org/10.3126/haimaprabha.v21i01.44858

How to Cite

नेपाली भाषाका सुदूरपश्चिमेली भाषिकाहरूमा शब्दतात्त्विक एवं ध्वनितात्त्विक समानता [Linguistic and phonological similarities in the far western dialects of Nepali language]. (2022). Haimaprabha, 21(01), 154-170. https://doi.org/10.3126/haimaprabha.v21i01.44858