देवयानी खण्डकाव्यमा अङ्गीरसको निरूपण [Description of Angiras in Devyani Khandakavya]

Authors

  • चक्रप्रसाद Chakra Prasad अधिकारी Adhikari नेपाली विभाग त्रिवि, वीरेन्द्र विद्यामन्दिर क्याम्पस

DOI:

https://doi.org/10.3126/haimaprabha.v21i01.44841

Keywords:

रस, भाव,, उद्दीपन,, आलम्वन,, निष्पत्ति

Abstract

देवयानी खण्डकाव्यमा अङ्गीरसको निरुपण लेखमा सर्वप्रथम कवि र काव्यको सामान्य परिचय दिइएको छ । विषयवस्तु प्रस्ट्याउन अलग अलग शीर्षक राखी विषय परिचयमा विषयवस्तु खुलाउन देवयानी खण्डकाव्यको कथावस्तुलाई सामान्य चिनारमिा रुपमा प्रस्तुत गरिएको छ । अङ्गीरसको सामान्य परिचय दिई त्यसका उपकरणको चर्चा गर्दै आलम्वन,उद्दीपन विभाव, अनुभाव,व्यभिचारी भावको सटिक चर्चा गरिएको छ । प्राज्ञिक समस्याका रुपमा देवयानी खण्डकाव्यमा कुन अङ्गीरसको प्रयोग गरिएको छ भन्ने समस्या राखी देवयानी खण्डकाव्यमा प्रयुक्त अङ्गीरसको निरुपण गर्ने उद्देश्य किटान गरिएको छ ।सामग्री सङ्कलन तथा विश्लेषणका क्रममा पुस्तकालयीय अध्ययनको उपयोग गरी विश्लेषण गरिएको छ ।शैद्धान्तिक पर्याधारका रुपमा पूर्वीय वाङ्मयको रससिद्धान्तको प्रयोग गरिएको छ ।यस अघि भए गरेका पूर्वकार्यको सामान्य चर्चा गरी विश्लेषणतर्फ अघि बढिएको छ । देवयानी खण्डकाव्यको परिचय,रचनागर्भ लगायतका विश्लेषणीय पक्षलाई अँगाल्दै उक्त काव्यमा प्रयुक्त अङ्गीरस र अङ्गरसको विश्लेषण गरिएको छ र देवयानी खण्डकाव्य शृङ्गार अङ्गीरस तथा अन्य अङ्गरसको प्रयोग भएको रसयुक्त काव्य हो भन्ने निष्कर्षमा पुगिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
74
PDF
54

Author Biography

चक्रप्रसाद Chakra Prasad अधिकारी Adhikari, नेपाली विभाग त्रिवि, वीरेन्द्र विद्यामन्दिर क्याम्पस

सहा.पाध्यापक

Downloads

Published

2022-05-17

How to Cite

अधिकारी Adhikari च. C. P. (2022). देवयानी खण्डकाव्यमा अङ्गीरसको निरूपण [Description of Angiras in Devyani Khandakavya]. Haimaprabha, 21(01), 60–72. https://doi.org/10.3126/haimaprabha.v21i01.44841