ड्यौडागीतको विषयवस्तु [The theme of Deudagit]

Authors

  • खगेन्द्रप्रसाद Khagendr Prasad उपाध्याय Upadhyay नेपाली विभाग, त्रिवि, वीरेन्द्र विद्यामन्दिर क्याम्पस, टीकापुर, कैलाली, नेपाल

Keywords:

जनजिब्रो,, कर्म,, न्याउल्या,, फाँको,, बैरी

Abstract

‘ड्यौडागीतको विषयवस्तु’ शीर्षकमा तयार पारिएको प्रस्तुत लेखको प्रयोजन नेपाली लोकसाहित्यको खोज अनुसन्धानमा टेवा पु¥याउनु रहेको छ । ड्यौडागीतमा समाविष्ट विषयवस्तुको चिनारी दिने र विषयवस्तुका आधारमा ड्यौडागीतको विश्लेषण गर्ने उद्देश्यका साथ उक्त लेख तयार पारिएको छ । प्राथमिक स्रोतका तथ्याङ्क तथा सामग्री सङ्कलनका लागि क्षेत्रीय सर्वेक्षण  अध्ययन शोधपद्धति र द्वितीयक स्रोतका सामग्री सङ्कलनका लागि विषयवस्तु विश्लेषण अध्ययन शोधपद्धति अँगालिएको यस लेखमा लोकसाहित्य तथा लोकसंस्कृतिको अनुसन्धानको परम्परागत सिद्धान्तलाई उपयोग गरिएको छ । यो गुणात्मक ढाँचाको अध्ययन भएको हुनाले यसमा वर्णनात्मक र विश्लेषणात्मक पद्धतिको उपयोग भएको छ । सामाजिक चालचलन, विकृति–विसङ्गति, विरह–व्यथा, धर्मसंस्कार, प्रेम–प्रणय, राजनीति, समसामयिकता, शोषण–उत्पीडन, प्रकृति, पुराण, इतिहास आदि जस्ता  विविध विषयवस्तुमा ड्यौडागीतको सिर्जना हुने गरेकाले प्रस्तुत लेखमा ड्यौडागीतलाई सामाजिक गीत, प्रेम प्रणय र विरहसम्बन्धी गीत, कर्म वा भाग्यसम्बन्धी गीत, प्रकृतिसम्बन्धी गीत, धर्म र संस्कारसम्बन्धी गीत, ऐतिहासिक गीत, पौराणिक गीत, जन्मभूमि र देशप्रेमसम्बन्धी गीत, देशको राजनीति र समसामयिकतासँग सम्बन्धित गीत प्रस्तुत गरी विषयवस्तुको विश्लेषण गरिएको छ ।

Abstract
237
PDF
0

Author Biography

खगेन्द्रप्रसाद Khagendr Prasad उपाध्याय Upadhyay, नेपाली विभाग, त्रिवि, वीरेन्द्र विद्यामन्दिर क्याम्पस, टीकापुर, कैलाली, नेपाल

सहायक प्राध्यापक

Downloads

Published

2022-05-17

How to Cite

ड्यौडागीतको विषयवस्तु [The theme of Deudagit]. (2022). Haimaprabha, 21(01), 27-41. https://doi.org/10.3126/haimaprabha.v21i01.44837

How to Cite

ड्यौडागीतको विषयवस्तु [The theme of Deudagit]. (2022). Haimaprabha, 21(01), 27-41. https://doi.org/10.3126/haimaprabha.v21i01.44837