ड्यौडागीतको विषयवस्तु [The theme of Deudagit]

Authors

  • खगेन्द्रप्रसाद Khagendr Prasad उपाध्याय Upadhyay नेपाली विभाग, त्रिवि, वीरेन्द्र विद्यामन्दिर क्याम्पस, टीकापुर, कैलाली, नेपाल

DOI:

https://doi.org/10.3126/haimaprabha.v21i01.44837

Keywords:

जनजिब्रो,, कर्म,, न्याउल्या,, फाँको,, बैरी

Abstract

‘ड्यौडागीतको विषयवस्तु’ शीर्षकमा तयार पारिएको प्रस्तुत लेखको प्रयोजन नेपाली लोकसाहित्यको खोज अनुसन्धानमा टेवा पु¥याउनु रहेको छ । ड्यौडागीतमा समाविष्ट विषयवस्तुको चिनारी दिने र विषयवस्तुका आधारमा ड्यौडागीतको विश्लेषण गर्ने उद्देश्यका साथ उक्त लेख तयार पारिएको छ । प्राथमिक स्रोतका तथ्याङ्क तथा सामग्री सङ्कलनका लागि क्षेत्रीय सर्वेक्षण  अध्ययन शोधपद्धति र द्वितीयक स्रोतका सामग्री सङ्कलनका लागि विषयवस्तु विश्लेषण अध्ययन शोधपद्धति अँगालिएको यस लेखमा लोकसाहित्य तथा लोकसंस्कृतिको अनुसन्धानको परम्परागत सिद्धान्तलाई उपयोग गरिएको छ । यो गुणात्मक ढाँचाको अध्ययन भएको हुनाले यसमा वर्णनात्मक र विश्लेषणात्मक पद्धतिको उपयोग भएको छ । सामाजिक चालचलन, विकृति–विसङ्गति, विरह–व्यथा, धर्मसंस्कार, प्रेम–प्रणय, राजनीति, समसामयिकता, शोषण–उत्पीडन, प्रकृति, पुराण, इतिहास आदि जस्ता  विविध विषयवस्तुमा ड्यौडागीतको सिर्जना हुने गरेकाले प्रस्तुत लेखमा ड्यौडागीतलाई सामाजिक गीत, प्रेम प्रणय र विरहसम्बन्धी गीत, कर्म वा भाग्यसम्बन्धी गीत, प्रकृतिसम्बन्धी गीत, धर्म र संस्कारसम्बन्धी गीत, ऐतिहासिक गीत, पौराणिक गीत, जन्मभूमि र देशप्रेमसम्बन्धी गीत, देशको राजनीति र समसामयिकतासँग सम्बन्धित गीत प्रस्तुत गरी विषयवस्तुको विश्लेषण गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
95
PDF
54

Author Biography

खगेन्द्रप्रसाद Khagendr Prasad उपाध्याय Upadhyay, नेपाली विभाग, त्रिवि, वीरेन्द्र विद्यामन्दिर क्याम्पस, टीकापुर, कैलाली, नेपाल

सहायक प्राध्यापक

Downloads

Published

2022-05-17

How to Cite

उपाध्याय Upadhyay ख. K. P. (2022). ड्यौडागीतको विषयवस्तु [The theme of Deudagit]. Haimaprabha, 21(01), 27–41. https://doi.org/10.3126/haimaprabha.v21i01.44837