बाबु, आमा र छोरा उपन्यासमा विसङ्गति, अस्तित्व र नियतिको द्वन्द्व {Dissonance, Existence and Conflict of Destiny in the Novel Father, Mother and Son}

Authors

  • सुभाषचन्द्र Suvashchandra न्यौपाने Nyaupane नेपाली विभाग, महेन्द्र बहुमुखी क्याम्पस, धरान, त्रिभुवन विश्वविद्यालय

DOI:

https://doi.org/10.3126/gyanjyoti.v3i1.53053

Keywords:

द्वन्द्वमय, मानसिक अन्तर्घात, नियतिवाद,, विसङ्गतिवाद, अस्तित्ववाद

Abstract

प्रस्तुत लेख उपन्यासकार विश्वेश्वरप्रसाद कोइरालाको बाबु, आमा र छोरा उपन्यासमा प्रयुक्त विसङ्गति, अस्तित्व तथा नियतिको द्वन्द्वगत विश्लेषणमा आधारित छ । उपन्यासकार कोइरालाको २०४५ सालमा प्रकाशित सामाजिक विषयवस्तुमा आधारित प्रस्तुत उपन्यासमा विसङ्गतिवाद, अस्तित्ववाद र नियतिवादको केकस्तो द्वन्द्व देखिन्छ, यहाँका पात्रहरू के कारणले विसङ्गति र नियतिको सिकार हुन बाध्य भएका छन्भन्ने कुराको विश्लेषण यस लेखमा गरिएको छ । प्रस्तुत लेख तयारीका क्रममा प्राथमिक सामग्रीका रूपमा उपन्यासकार विश्वेश्वरप्रसाद कोइरालाको बाबु, आमा र छोरा उपन्यासलाई लिइएको छ भने द्वितीयक सामग्रीका रूपमा अस्तित्ववाद, विसङ्गतिवाद र नियतिवादसँग सम्बन्धित ग्रन्थहरूका साथै बाबु, आमा र छोरा उपन्यासका सन्दर्भमा विमर्श गरिएका पुस्तक, जर्नल, शोधपत्र आदिको उपयोग गरिएको छ । सामग्री विश्लेषणका क्रममा निगमनात्मक विधिअनुसार स्थापित सिद्धान्तका आधारमा वर्णनात्मक, विश्लेषणात्मक र व्याख्यात्मक विधिको प्रयोग गरी अन्त्यमा अर्थापन विधिद्वारा लेखलाई पूर्णता दिइएको छ । विसङ्गतिवादी, अस्तित्ववादी र नियतिवादी चिन्तनका आधारमा प्रस्तुत उपन्यासमा यी तीनओटै चिन्तनको सशक्त प्रयोग भेटिनाले यो पूर्ण त्रिकोणात्मक द्वन्द्वमय उपन्यास हो भन्ने निष्कर्ष प्रस्तुत लेखको विश्लेषणबाट निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
32
PDF
47

Author Biography

सुभाषचन्द्र Suvashchandra न्यौपाने Nyaupane, नेपाली विभाग, महेन्द्र बहुमुखी क्याम्पस, धरान, त्रिभुवन विश्वविद्यालय

उपप्राध्यापक

Downloads

Published

2023-03-07

How to Cite

न्यौपाने Nyaupane स. S. (2023). बाबु, आमा र छोरा उपन्यासमा विसङ्गति, अस्तित्व र नियतिको द्वन्द्व {Dissonance, Existence and Conflict of Destiny in the Novel Father, Mother and Son}. Gyanjyoti, 3(1), 153–161. https://doi.org/10.3126/gyanjyoti.v3i1.53053

Issue

Section

Articles