फाल्गुणी शर्माको आत्मकथन गुरुत्वः गौरवको समीक्षा
Keywords:
फेहरिस्ता, संवाहकAbstract
फाल्गुणी शर्माको आात्मकथन गुरुत्व गौरवको समीक्षा अनुसन्धानात्मक लेखमा शिक्षण पेसामा लागेर स्थनीयस्तरमा शैक्षिक चेतनाको दियो बाल्ने ती तमाम शिक्षक, अध्यापक आफू गुरु भएर गुरुत्वमा रमाउने निस्वार्थी शिक्षकहरूको आत्मकथनको सङ्गालोको रूप पनि हो । एउटा शिक्षक शिक्षण पेसाका अलावा समाजका हरेक भूमिकामा रहेर कार्य गरिरहेको हुन्छ । उस्को कार्य समाजका अन्य वर्गका लागि वेतनभोगी मात्र हो भन्ने सामान्य सोचाइबाट सोच्ने र मूल्यवान् गर्ने हाम्रो समाजमा हिजोको शैक्षिक संरचना र आजको शैक्षिक संरचनामा आएको परिवर्तनमा ध्यान नपुर्याइ सतही विश्लेषणको पाराबाट हेर्ने हाम्रो दृष्टिमा कमजोरी रहेको मान्नु पर्छ । समाज परिवर्तनको संवाहकको रूपमा रहेका तीनै शिक्षक विभिन्न वैचारिक राजनीति सिद्धान्त जनतामा प्रतिबिम्बित गराउने संवाहक पनि हुन् । उनीहरूको प्रशिक्षण र कार्ययोजनाको प्रतिबिम्बन नै राजवीतिक दल बन्न जान्छन् । राज्यको नेतृत्वदायी भूमिकामा पनि उनीहरूको उपस्थिति हुन पुग्छ । तथापि तीनै शिक्षकको प्रेरणा र प्रयोगहरू सफलताको शिखरमा पुग्दा तिनीहरूको भर्याङ बनिदिने शिक्षकको जीवनगति भने कष्टकर रहेको देखिन्छ । शर्माले आफनो जीवनकालमा खेलेको भूमिका र उनले गरेका कार्यको आत्मसीक्षाको रूपमा उनको गुरुत्व गौरव कृति आएको छ । यस आत्मकथन नितान्त व्यक्तिगत लेखन भए पनि सार्वजनिक महत्वका रूपमा रहेको छ । “व्यक्तिगत लेखन सीमित क्षेत्रका सीमित व्यक्ति वा पाठकका निमित्त हुन्छ । यद्यपि कुनै ठुला व्यकतिहरू स्वयं व्यक्तिगत भएर पनि सार्वजनिक सम्पत्ति हुने हुँदा तिनको संस्मरण सार्वकालिक महत्वको हुन्छ”(ओझा रामनथ र अन्य २०६४ पृष्ठ १६१) । शर्माले सार्वजनिक जीवनमा खेलेका भूमिकालाई जीवनको उत्तरार्ध अवस्थामा आफू तटस्थ रहेर आत्मकथनका टिप्पणीहरूमा वयान गर्न पुग्छन् । उनको यिनै टिप्पणीहरू समाजिक अभियन्ता, राजनीतिक अभियन्ता र शैक्षिक अभियन्ताका लागि प्रेरणादायी भने पक्कै बन्ने छन् । यस अनुसन्धानात्मक लेख फाल्गुणी शर्मा तिमल्सिनाको गुरुत्व गौरवको आत्मकथनका लेखहरूलाई आधार बनाइ तयार पारिएको छ । मुख्य रूपमा २३ ओटा लेखहरूलाई सबैको प्रतिनिधित्व हुने गरी चार धारमा वर्गीकरण गरी तथ्यात्मक विश्लेषण गरी संक्षिप्त रूपमा प्रस्तुत गरिएको छ । पुस्तकालयीय अध्ययन र कृतिकारको सम्पर्कबाट द्वितीयक र प्राथमिक स्रोत सामग्री सङ्कलन गरी यस लेख तयार पारिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.