विश्व राजनीतिमा काल्पनिक समाजवादी चिन्तनको उद्भव

Authors

  • गोविन्द प्रसाद Govinda Prasad मैनाली Mainali त्रिभुवन विश्वविदालय, कीर्तिपुर, काठमाडों

Keywords:

पृथ्वीमा इश्वरको राज, युटोपिया, सूर्य नगर, स्वतन्त्रताको कानुन, सामन्तवाद, समाजवाद

Abstract

विश्व राजनीतिमा काल्पनिक समाजवादी चिन्तनको उद्भव कसरी भयो भनी अध्ययन गर्नु यस आलखेको प्रमुख उद्देश्य हो । थोमस मुञ्जर, थोमस मुर, तम्मासो कम्पान्नेल्ला र जेरार्ड विन्स्टेनलीको काल्पनिक समाजवादी चिन्तनलाई अध्ययन गरी उनीहरूको काल्पनिक चिन्तनलाई प्रकाश पार्नु नै यस आलेखको प्रमुख उद्देश्य हो । यस आलेखको अध्ययन विधि आगनात्मक विधि हो । यस आलखेको अध्ययन ढाँचा ऐ्तिहासिक, वर्णनात्मक र विवरणात्मक ढाँचा हो । यस आलेखको अध्ययन गर्दा स्रोत सामाग्री सहायक स्रोतका आधारमा सङ्कलन गरिएको छ । सङ्कलन गरिएको उक्त सामाग्रीलाई गुणात्मक विश्लेषण विधि मार्फत विश्लेषण गरी अध्ययनको निष्कर्ष निकालिएको छ । जसले गर्दा यस आलेख ठोस, तार्किक र वैज्ञानिक बन्न पुगेको छ । काल्पनिक समाजवादी चिन्तनको उद्भव अध्ययन गर्दा थोमस मुन्जर (१४९०–१५२५), थोमस मुर (१४७८–१५३५), तम्मासो कम्पान्नेल्ला (१५८६–१६३९) र जेरार्ड विन्स्टेनली (१६०९–१६५२) को काल्पनिक समाजवादी चिन्तनलाई प्रमुख आधारमा मानिएको छ । यी काल्पनिक समाजवादी चिन्तकले सामन्तवादी सामाजिक व्यवस्थाले चरम शोषण, विभेद, दमन र अन्याय गर्न थालेपछि यसको विकल्पमा शोषण, विभेद, दमन र अन्यायरहित नयाँ समतामुलक समाजवादी सामाजिक व्यवस्थाको परिकल्पना गरी काल्पनिक समाजवादी चिन्तनको उद्भव गराएका थिए भनी निष्कर्षमा पुग्नु यस आलखेको उपलब्धि हो भने यस आलेखको अध्ययनले विश्व राजनीतिमा उद्भव भएको काल्पनिक साजवादी चिन्तन सम्बन्धी ज्ञान प्राप्त हुन्छ । यस आलेखमा थोमस मुन्जरको ‘पृथ्वीमा इश्वरको राज स्थापित गर्नुपर्छ’ भन्ने काल्पनिक समाजवादी चिन्तन, थोमस मुरको ‘युटोपिया’ सम्बन्धी काल्पनिक समाजवादी चिन्तन, तम्मासो कम्पान्नेल्लाको ‘सूर्य नगर’ सम्बन्धी काल्पनिक समाजवादी चिन्तन र जेरार्ड विन्स्टेनलीको ‘स्वतन्त्रताको कानुन’ सम्बन्धी काल्पनिक समाजवादी चिन्तनको अध्ययन गरिएको हुँदा यस आलेखको विशेष महत्व छ ।

Abstract
88
PDF
0

Author Biography

गोविन्द प्रसाद Govinda Prasad मैनाली Mainali, त्रिभुवन विश्वविदालय, कीर्तिपुर, काठमाडों

विद्यावारिधि अनुसन्धानरत

Downloads

Published

2024-12-19

How to Cite

विश्व राजनीतिमा काल्पनिक समाजवादी चिन्तनको उद्भव. (2024). GS WOW: Wisdom of Worthy Research Journal, 2(1), 105-114. https://nepjol.info/index.php/gswow/article/view/72776

Issue

Section

Articles

How to Cite

विश्व राजनीतिमा काल्पनिक समाजवादी चिन्तनको उद्भव. (2024). GS WOW: Wisdom of Worthy Research Journal, 2(1), 105-114. https://nepjol.info/index.php/gswow/article/view/72776