प्रदेश राजधानीमा पत्रकारिताको पृष्ठभूमि एक अध्ययन
DOI:
https://doi.org/10.3126/gd.v10i1.80607Keywords:
पत्रकारिता, मकवानपुर, भौगोलिक, इतिहास, प्रदेशAbstract
प्रादेशिक संरचनामा शासन प्रशासनको अभ्यास नेपालका लागि अनुभवकै चरणमा छ । यसै सिलसिलामा प्रदेशलाई स्वयत्त बनाउँदा यसका अंग—अवयव सक्षम भैनसको धेरै टिप्पणी हुने गरेको छ । राजधानीको पनि प्रदेश राजधानी मकवानपुरको आमसञ्चार तथा पत्रकारिता यो लेख केन्द्रित छ । मिडियको प्रकृति अख्तियार वालाको आलोचक हुनु हो । तर आलोचक बन्न तम्सिनु कम चुनौतिपूर्ण काम भने होइन । विकासशील तथा संघर्षरत लोकतन्त्रमा सार्वजनिक पत्रकारिताले व्यावहारिक मूल्यमा जोड दिन्छ । यसर्थ यसको उपस्थिति मात्रै पनि महत्वपूर्ण हुन्छ । लोकतन्त्रीकरणको प्रक्रियामा सार्वजनिक पत्रकारितालाई एक सुन्दर सम्पत्ति मानिन्छ । यसले विकासशील राष्ट्रमा लोकतन्त्रको कठिन इतिहासको परीक्षण र मूल्याङ्कन गर्छ । सार्वजनिक समस्याहरूको समाधानका लागि समूहगत पहल र अवसरबारे बहस गर्छ । मकवानपुरमा रहेरका ऊर्जावान् क्रियाशील, सार्थक पत्रकारिताका पर्याय संघर्षशील अन्वेषकहरुको प्रयासमा मिडियाको शुरुवात भएको पाइन्छ । प्रारम्भिक कालमा पत्रकारिताको सैद्धान्तिक कक्षा लिएरभन्दा पनि अध्ययन, अनुसन्धान र साहित्यिक क्षेत्रमा सक्रिय भएकाहरुबाट नै पत्रकारिता शुरु भएको देखिन्छ । मकवानपुरमा मिडियाको एउटा गरिमामय ऐतिहासिक पृष्ठभूमि छ । तर यसका लागि पत्रकारिताको सिद्धान्तको ज्ञानभन्दा पनि पत्रकारिताप्रतिको विश्वास र सर्मपण महत्वपूर्ण देखिन्छ । भौगोलिक सीमाभित्र रहेर पत्रकारिताको इतिहास बनाउनु आफैमा गौरवमय अभ्यास हो ।