वर्णविन्यास सम्बन्धी देखापरेका विरोधाभासपूर्ण अवस्था
DOI:
https://doi.org/10.3126/fwje.v1i1.68965Keywords:
मौलिकता, आगन्तुक शब्द, राष्ट्रभाषा, मातृभाषाAbstract
प्रस्तुत आलेख वर्णविन्यास सम्बन्धी देखापरेका विरोधाभासपूर्ण अवस्थाबारे अध्ययनमा केन्द्रित छ । वर्णविन्यास भनेको वर्णहरूको व्यवस्थित विन्यास वा वर्णहरूको ठिक रखाइ वा नियम बमोजिमको लेखन हो । ठिक ढङ्गले वर्णविन्यासको प्रयोग नगरिएमा अर्थको अनर्थ हुने हुँदा लेखाइमा वर्णविन्यास मिलाउनु आवश्यक हुन्छ । वर्णविन्यास लेख्य भाषासँग सम्बन्धित विषय हो । यसलाई हिज्जे पनि भनिन्छ । वर्णविन्यासलाई लिपि विन्यास पनि भन्न सकिन्छ । कुनै भाव वा विचार वा कुनै कुरा लेख्य भाषामा व्यक्त गर्दा वर्णविन्यास मिलाउनुपर्छ । वर्णको सम्बन्ध अर्थसँग हुने भएकाले वर्णविन्यासमा त्रुटि भएमा कुनै अभिव्यक्ति सही र स्पष्ट रूपमा प्रकट हुन सक्दैन । लिखित अभिव्यक्तिमा लेख्य चिन्हहरूको शुद्ध, स्पष्ट र स्तरीय प्रयोगको आवश्यकता पर्दछ । प्रस्तुत लेखमा वर्णविन्यास सम्बन्धी देखापरेका विरोधाभाषपूर्ण अवस्थाको बारेमा अध्ययन गरिएको छ । आलेख तयार पर्ने सन्दर्भमा मूलतः पुस्तकालयको उपयोग गरी सङ्कलन गरिएका प्राथमिक र द्वितीयक स्रोतका सामग्रीहरूबाट प्राप्त तथ्यलाई तर्क, प्रमाण र उदाहरणका आधारमा वर्णनात्मक विधिद्वारा विश्लेषण गरी निष्कर्ष निकालिएको छ । लेखमा वर्णविन्यास सम्बन्धी देखापरेका विरोधाभासपूर्ण अवस्था, नेपाली बृहत् शब्दकोश २०७२ र २०७५ को वर्णविन्यासको अवस्था के कस्तो रहेको छ भन्ने कुरा उल्लेख गरिएको छ । लेखलाई गुणात्मक अनुसन्धान पद्धतिका आधारमा सम्पन्न गरिएको छ । नेपाली भाषामा वर्णविन्यासका सर्वमान्य नियमहरू बन्न सकेका छैनन् । निष्कर्षमा वर्णविन्यासको विरोधाभासपूर्ण अवस्थाको बारेमा विद्वानहरूका बिचमा फरक–फरक मतहरू रहेको कुरा लेखमा देखाइएको छ । अतः वर्णविन्यासम्बन्धी स्पष्ट रूपमा नियमको खाँचो रहेको कुरा देखाउनु यस आलेखको सार हो ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.