बी.पी. कोइरालाको परराष्ट्र नीति र आजको सन्दर्भ

Authors

  • Dinesh Bhattarai

DOI:

https://doi.org/10.3126/fsmrj.v1i1.87261

Keywords:

बी.पी. कोइराला, संयुक्त राष्ट्रसङ्घ, परराष्ट्र नीति, पन्चशील, असलग्न परराष्ट्र नीति, आजको सन्दर्भ

Abstract

यो लेखमा बी.पी. कोइरालाको परराष्ट्र नीति र आजको सन्दर्भका विवेचना गरिएको छ । कुनै पनि देशको परराष्ट्र नीतिलाई घरेलु नीतिको विस्तारित रूपमा हेरिन्छ । देशभित्र सरकारका तीन अङ्ग कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकाले सम्पन्न गर्ने कामको झल्को परराष्ट्र नीतिमा पनि परेको हुन्छ । परराष्ट्र नीति/कुटनीति सरकारी अधिकारीले भनेको कुरामात्र नभएर समष्टिगत रूपमा त्यस देशको सरकारले उदाहरणीय रूपमा काम गर्नु पनि हो । परराष्ट्र नीतिमा छर–छिमेकसँगको सम्बन्ध अत्यन्त महŒवपूर्ण हुन्छ । छर–छिमेकमा शान्त वातावरण भएमा, आपसी विश्वास र समझदारी भएमा, छिमेकीहरू सहयोगी भएमा देशमा प्रगति छिटो हुन्छ, विश्वले हेर्ने दृष्टिकोण पनि फरक हुन्छ । त्यसैले छिमेकीहरू सँगको सुमधुर सम्बन्ध राष्ट्रिय सुरक्षा, संस्कृति र सम्मानको आधार पनि हो । यो लेख गुणात्मक ढाँचामा आधारित लेख हो । यसमा द्वितीयक प्रकृतिका स्रोत तथा सामग्रीहरूको सङ्कलन र विश्लेषण गरिएको छ । बी.पी. कोइरालाले विभिन्न पत्रपत्रिकाहरूलाई उपलब्ध गराएको अन्तर्वार्ता, विभिन्न विद्वान्हरूका लेख तथा सन्दर्भ ग्रन्थलगायतका सामग्रीहरूको समीक्षाका आधारमा यो लेख तयार पारिएको हो ।

Downloads

Download data is not yet available.
Abstract
0
PDF (नेपाली)
0

Published

2025-12-11

How to Cite

Bhattarai, D. (2025). बी.पी. कोइरालाको परराष्ट्र नीति र आजको सन्दर्भ. Four Star Multidisciplinary Research Journal, 1(1), 84–97. https://doi.org/10.3126/fsmrj.v1i1.87261

Issue

Section

Articles