नेपाली काङ्ग्रेसको भावी मार्गचित्र

Authors

  • Dig Bahadur Limbu CPDS, TU

Keywords:

नेपाली काङ्ग्रेस, आदर्श, भावी मार्गचित्र

Abstract

यो लेखमा परिवर्तित राजनीतिक परिवेश र परिस्थितिमा नेपाली काङ्ग्रेसको अबको कार्यदिशा कस्तो हुनुपर्दछ भन्ने विषयको विश्लेषण गरिएको छ । नेपालको राजनीतिक इतिहासमा नेपाली काङ्ग्रेस जनअनुमोदित सशक्त राजनीतिक दल हो । विधिको शासन, सार्वभौम जनता, जनसहभागिता, अभिव्यक्ति स्वतन्त्रता, बहुमतको शासन, अल्पमतको सम्मान, सशक्त प्रतिपक्ष, राजनीतिक दल, समावेशी प्रतिनिधित्व, आवधिक निर्वाचन, सुशासन, सूचनाको हक, सङ्गठित हुन पाउने हक, समान अधिकार, लोककल्याणकारी सरकार, आर्थिक अनुशासन, विकेन्द्रीकरणजस्ता मूल्यमान्यता नेपाली काङ्ग्रेसका मूल आधार हुन् । उक्त आदर्श प्राप्तिका निमित्त राजनीतिक दलका रूपमा नेपाली काङ्ग्रेस स्थापना भएको हो । उक्त सन्दर्भहरूलाई नेपाली काङ्ग्रेसले मूलमन्त्र र सूत्र बनाउँदैआएको छ । सोहीअनुसार नीति तथा कार्यक्रम निर्माण एवम् कार्यान्वयन भएका छन् । वि. सं. २००६ चैत्र २७ गते स्थापन भएको नेपाली काङ्ग्रेसले आजसम्मको यात्रा गरिरहँदा धेरै राजनीतिक परिवर्तनहरू भए । समय, परिस्थिति, अवस्था उस्तै छैन । फेरिएको छ । त्यसका आधारमा नेपाली काङ्ग्रेसले निर्वाह गर्नुपर्ने भूमिकामा पनि रूपान्तरण हुनुपर्ने देखिन्छ तर यस विषयमा विसद् विश्लेषण कहिकतैबाट हुनसकेको छैन । परिवर्तित राजनीतिक परिवेशमा नेपाली काङ्ग्रेस कसरी अगाडि बड्ने यो सन्दर्भ वहसको विषय बन्न थालेको छ । आंशिक रूपमा भए तापनि उक्त रिक्त अवस्थाको सम्वोधनका निमित्त नेपाली काङ्ग्रेस हिड्ने अबको बाटो र मार्गचित्र शीर्षकको यो लेख तयार पारिएको हो । यो अध्ययन विश्लेषणात्मक र विवरणात्मक ढाँचामा अनुवन्धित छ । यसमा गुणात्मक तथ्याङ्क प्रयोग गरिएका छन् । द्वितीयक प्रकृतिका तथ्याङ्क एवम् सूचनाको सङ्कलन र विश्लेषण गरिएको छ ।

Abstract
116
PDF (Nepali)
41

Author Biography

Dig Bahadur Limbu, CPDS, TU

विद्यावारिधी शोधार्थी

Downloads

Published

2025-12-11

Issue

Section

Articles

How to Cite

Limbu, D. B. (2025). नेपाली काङ्ग्रेसको भावी मार्गचित्र. Four Star Multidisciplinary Research Journal, 1(1), 67-83. https://doi.org/10.3126/fsmrj.v1i1.87236