पागल कवितामा सीमान्तीय आवाज

Authors

  • अनिल Anil अधिकारी Adhikari Mahendra Morang Adarsha Multiple Campus, Biratnagar, Tribhuvan University
  • रेखा Rekha रेग्मी Regmi Myagdi Multiple Campus, Beni, Tribhuvan University

DOI:

https://doi.org/10.3126/dristikon.v14i1.66060

Keywords:

प्रतिरोध, प्रभुत्व, सत्तासम्बन्ध, सीमान्तीय आवाज

Abstract

प्रस्तुत लेख पागल कवितामा अभिव्यञ्जित सीमान्तीय आवाज र त्यसको समाधानका प्रतिरोध, प्रभुत्व र सत्तासम्बन्ध तथा प्रतिरोध प्रस्तुतिको प्रयोजनजस्ता विषयगत शोध्यप्रश्नका आधारमा समस्यासमाधान केन्द्रित छ । गुणात्मक अनुसन्धान विधि र पाठविश्लेषण ढाँचामा तयार हुने यस लेखमा विश्लेषणात्मक विधि तथा बेलायती सांस्कृतिक अध्ययन सैद्धान्तिक आधार हो । नेपाली समाजमा विद्यमान सामन्तवादी व्यवस्था तथा सत्ताबाट शक्तिप्राप्त गर्ने मानसिकता बोकेका बुद्धिजीवीले निर्माण र प्रसार गर्ने ज्ञानमा रहेको विभेदकारी परिस्थिति पागल कवितामा अभिव्यक्त भएको छ । प्रस्तुत कवितामा असमान र विभेदकारी सामाजिक संरचनामा सत्ताले अख्तियार गरेको हिंसा, शोषण र विभेदको नीति तथा त्यसबाट किनाराका समुदायमाथि सिर्जना गर्ने दमनकारी प्रभुत्वको प्रस्तुति भएको छ । सत्ताको दमनकारी नीतिका कारण संत्रस्त बनेको सीमान्त समुदायको सत्तासँगको सम्बन्ध द्वन्द्वात्मक रहेको विषय प्रस्तुत भएको छ । यस कवितामा सत्ता र यसले उत्पादन गरेको ज्ञानको वैधानिकतालाई पुष्टि गर्नका लागि दमनको नीतिलाई उपयुक्त ठह¥याउने विचारधारात्मक संस्कृतिको विभेदकारी प्रतिनिधित्वको प्रक्रियालाई अवैधानिक र मानवविरोधी ठान्ने प्रतिरोधको प्रस्तुति भएको छ । सत्ताले अधिनस्थमाथि कानुनी र विचारधारात्मक एकाइको उपस्थितिमा दमनकारी भाष्यको निर्माण गरी किनारीकृतका आवाजलाई दमन गर्ने सामाजिक संरचनाको भाष्यप्रति खबरदारी गर्दै सीमान्तको आवाज बुद्धिजीवीले गर्ने तथा बुद्धिजीवी सदैव सत्ताविरोधी रहने अन्तर्वस्तु पागल कविताले प्रस्तुत गरेको विषयमा विमर्श भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
103
PDF
81

Author Biographies

अनिल Anil अधिकारी Adhikari, Mahendra Morang Adarsha Multiple Campus, Biratnagar, Tribhuvan University

Lecturer,

Department of English

रेखा Rekha रेग्मी Regmi, Myagdi Multiple Campus, Beni, Tribhuvan University

Lecturer,

Department of Nepali

Downloads

Published

2024-05-24

How to Cite

अधिकारी Adhikari अ. A., & रेग्मी Regmi र. R. (2024). पागल कवितामा सीमान्तीय आवाज. Dristikon: A Multidisciplinary Journal, 14(1), 175–187. https://doi.org/10.3126/dristikon.v14i1.66060

Issue

Section

Articles