श्रीमान् वीरबहादुर कथामा विश्वदृष्टि
DOI:
https://doi.org/10.3126/dmcrj.v6i01.73834Keywords:
उदीयमान पुस्ता, विश्वदृष्टि, विद्यमान यथार्थ, सम्भावित यथार्थ, संरचनात्मक समानधर्मिताAbstract
प्रस्तुत लेखमा रामलाल जोशीद्वारा लिखित ‘श्रीमान् वीरबहादुर’ कथामा प्रयुक्त विश्वदृष्टिसम्बन्धी चिन्तन समाजशास्त्रीय मान्यताका आधारमा गरिएको छ । विश्वदृष्टि लुसियन गोल्डम्यानद्वारा प्रतिपादन गरिएको समाज शास्त्रीय अवधारणा हो । समाजका प्रभुत्वशाली वर्ग, अधीनस्थ वर्ग तथा उदीयमान पि“ढी वा समूहको प्रतिनिधित्व गर्ने आधुनिक युवती तथा पत्रकारको विश्वदृष्टि ‘श्रीमान् वीरबहादुर’ कथामा के कसरी अभिव्यक्त भएका छन् र त्यस्ता विश्वदृष्टि समाजको विश्वदृष्टिसँग समानधर्मी छन् कि छैनन् भन्ने कुरा देखाउनु नै यस लेखको प्रमुख उद्देश्य हो । यस लेखमा प्रभुत्वशाली वर्ग तथा अधीनस्थ वर्गका पात्रहरूको विश्वदृष्टि प्रस्तुत गरिनुका साथै उदीयमान पिँढीको प्रतिनिधित्व गर्ने आधुनिक युवती तथा पत्रकारका विश्वदृष्टि प्रस्तुत गर्दै उक्त विश्वदृष्टि र २०६०–७० यताको नेपाली समाजमा विकसित विश्वदृष्टिबिच संरचनात्मक समानधर्मिता पाइएकाले ‘श्रीमान् वीरबहादुर’ कथा समाजशास्त्रीय चिन्तनका दृष्टिले सशक्त बनेको निष्कर्ष यस लेखमा निकालिएको छ । कथा विश्लेषणका लागि निगमनात्मक विधि अपनाइएको छ । यो अध्ययन साहित्यिक अध्ययन भएकाले गुणात्मक प्रकृतिको रहेको छ ।