निद्रा आएन कथामा मनोविश्लेषण
DOI:
https://doi.org/10.3126/dmcrj.v6i01.73772Keywords:
असमानता, अभिव्यक्ति, प्रभाव, बाल मनोविज्ञान, मनस्थिति, विश्लेषणAbstract
प्रस्तुत अनुसन्धनात्मक लेख गोविन्दबहादुर मल्ल ‘गोठाले’को कथा सङ्ग्रह (२००४) भित्र सङ्गृहीत ‘निद्रा आएन’ कथाका पात्रहरूको मनोविश्लेषणमा केन्द्रित छ । कथाकार गोविन्दबहादुर मल्ल ‘गोठाले’ मनोवैज्ञानिक कथाकारका रूपमा सुपरिचित नाम हो । यस लेखमा ‘निद्रा आएन’ कथालाई विश्लेषण सामग्री रूपमा प्रस्तुत गरी कथामा पाइने मनोविज्ञानलाई प्रमुख समस्याका रूपमा लिइएको छ । अध्ययनको प्रमुख समस्यामा केन्द्रित रही कथाको मनोवैज्ञानिक तवरले विश्लेषण गर्नु लेखको मुख्य उद्देश्य रहेको छ । यस लेखमा फायड मनोविश्लेषणसँग सम्बन्धित विभिन्न विद्वानका मान्यतालाई आत्मासात गरिएको छ । यस अनुसन्धानात्मक लेखमा मनोविज्ञानसँग सम्बन्धित सैद्धान्तिक आधार निर्माण गरी पाठकपरक विश्लेषण विधिलाई जोड दिएर लेखिएको छ । विषयवस्तुको परिचयसहित यस लेखमा कथाका पात्रको मनोविश्लेषणका लागि आख्यानको सन्दर्भसहित बाल रुचिका कुरा, कथामा रहेको लैङ्गिक असमानता, समाजको परम्पराग्रस्त मानसिकता, कथामा भएको आन्तरिक र बाह्य द्वन्द्व, अभिभावकका वचनले बाल मस्तिष्कमा पारेको प्रभाव र पात्रको कल्पनाशीलतालाई आधार बनाइएको छ । गोबिन्दबहादुर मल्ल गोठालेद्वारा लिखित ‘निद्रा आएन’ कथाको मनोवैज्ञानिक तवरले सूक्ष्म विश्लेषण गरी निष्कर्षका रुपमा प्रस्तुत गरिएको छ । यो लेख गुणात्मक पद्धतिमा आधारित रहेको छ ।