‘पागल’ कवितामा लयविधान
DOI:
https://doi.org/10.3126/dmcrj.v6i01.73742Keywords:
अग्रभूमि निर्माण, लयगत एकत्व, मुक्तलय, विचलन, सङ्कथन, समानान्तरताAbstract
प्र्रस्तुत अनुसन्धानात्मक लेखमा महाकवि लक्ष्मीप्रसाद देवकोटार्को पागल’ कवितालाई विश्लेष्य सामग्रीको रूपमा प्रस्तुत गरी कविताभित्र के कसरी लय सिर्जना भएको छ ? भन्ने समस्याको प्राज्ञिक समाधान खोज्ने प्रयत्न गरिएको छ । यस क्रममा पुस्तकालयीय कार्यद्वारा देवकोटार्को पागल’ कवितालाई प्राथमिक सामग्री रूपमा प्रस्तुत गरिएको छ भने लयविधानसँग सम्बन्धित सैद्धान्तिक मान्यता र यससम्बन्धी गरिएका अनुसन्धान तथा लेखलाई द्वितीयक सामग्रीका रूपमा प्रस्तुत गरिएको छ । देवकोटाद्वारा सिर्जना गरिएको प्रस्तुत कवितामा के–कस्ता पक्षबाट लय सिर्जना भएको छ अर्थात् लय सिर्जनाका मुख्य कारका रूपमा रहेका पङ्क्तिविन्यास, समानान्तरता, आवृत्ति, विपरीतता, सम्बोधन र लेख्यचिन्ह प्रयोगको सैद्धान्तिक ढाँचा प्रस्तुत गरी लयविधानका मान्यताका आधारमा विश्लेषण गरी लयविधानका दृष्टिले उक्त कविता प्रभावकारी छ भन्ने निष्कर्ष प्रस्तुत गरिएको छ । कविता विश्लेषणका लागि मुख्य रूपमा पाठविश्लेषण विधिको प्रयोग गरी गुणात्मक निष्कर्ष प्रस्तुत गरिएकाले यस अनुसन्धानात्मक लेखको समग्र पद्धति गुणात्मक रहेको छ ।