‘तिमी र मः अभिन्न सत्य’ कवितामा देह र आत्माको सम्बन्ध

Authors

  • सन्ध्या Sandhya सापकोटा Sapkota

DOI:

https://doi.org/10.3126/dmcrj.v6i01.73723

Keywords:

आत्मा , ईश्वर, जीव, ब्रह्म, वेदान्त दर्शन

Abstract

गोविन्दराज विनोदीद्वारा रचित ‘तिमी र मः अभिन्न सत्य’ कवितामा वेदान्त दर्शनअन्तर्गत देह र आत्माको सम्बन्धको अध्ययन प्रस्तुत अनुसन्धानात्मक लेखको अध्ययनीय क्षेत्र हो । पाठविश्लेषणविधि अवलम्बन गरिएको यस लेखमा पौरस्त्य दर्शनअन्तर्गतको वेदान्त दर्शनभित्रको देहात्मा उपस्थापनलाई सैद्धान्तिक आधार बनाइएको छ । ब्रह्मको इच्छाशक्ति माया उपाधियुक्त चैतन्य नै ईश्वर तथा अविद्या उपाधियुक्त चैतन्यलाई जीवात्मा मान्नु वेदान्त दर्शनको मूल मान्यता हो । विश्लेष्य कवितामा ‘म’ लाई पुरुष अर्थात् ‘देह’ र ‘तिमी’ लाई ‘प्रकृति’ अर्थात् ‘आत्मा’का रूपमा उपस्थित गराई आत्माबिना जीवको अस्तित्व नरहने दर्शन प्रस्तुत भएको छ । यस कवितामा देहको सम्पूर्ण शक्ति नै आत्मामा रहने तथा आत्माले आफ्नो उपस्थिति जनाउन देहको आवश्यकता पर्ने हुँदा देह र आत्माको सम्बन्ध निर्विकल्प छ भन्ने निष्कर्ष वेदान्त दर्शनको सापेक्षतामा निकालिएको छ ।

Abstract
0
PDF
0

Downloads

Published

2024-12-31

How to Cite

सापकोटा Sapkota स. S. (2024). ‘तिमी र मः अभिन्न सत्य’ कवितामा देह र आत्माको सम्बन्ध. DMC Research Journal, 6(01), 1–11. https://doi.org/10.3126/dmcrj.v6i01.73723

Issue

Section

Articles