नेपाली भाषा शिक्षणमा शैक्षिक सामग्रीे प्रयोगको अध्ययन

Authors

  • कल्पना कुमारी Kalpana Kumari जाेशी Joshi

DOI:

https://doi.org/10.3126/dmcrj.v5i01.52137

Keywords:

नेपाली भाषा, विद्यागत, शैक्षिक सामग्रीे प्रयोग, समस्या र समाधान

Abstract

यो लेख ‘नेपाली भाषा शिक्षणमा शैक्षिक सामग्रीे प्रयोगको अध्ययन’ मा केन्दित छ । यसको उद्देश्य डोटी जिल्लाका विद्यालयमा दैनिक प्रयोजनका शैक्षिक सामग्री प्रयोगको स्थिति पत्ता लगाउनु, नेपाली भाषा शिक्षणमा विद्यागत शैक्षिक सामग्री प्रयोगको स्थिति पहिचान गर्नु र नेपाली भाषा शिक्षणमा शैक्षिक सामग्री प्रयोगका समस्या र समाधानका उपायबारे बिश्लेषण गर्नु रहेको छ । यसका लागि संभावनाविहीन अन्तरगतको उद्देश्यमुलक र सुविधामुलक विधिको प्रयोग गरी डोटी जिल्लाका ५ ओटा सरकारी र ५ओटा संस्थागत विद्यालयहरु छनोेट गरी, विद्यालयमा नेपाली भाषा शिक्षण गर्ने १० जना शिक्षकहरू र १० जना प्रधानाध्यापकहरु र प्रति विद्यालयबाट दश दश जना बिद्यार्थीहरुलाई अन्तवार्ता र छलफलमा समावेश गरिएको थियो । साथै कक्षा अवलोकन पनि गरिएको थियो । विद्यालयहरूमा दैनिक प्रयोगका शैक्षिक सामग्रीको प्रयोग प्रयाप्त गरेको छ भने विद्यालयमा भएका नेपाली भाषा शिक्षणका महत्वपूर्ण शैक्षिक सामग्री गोजीतालिका र फलाटिन पाटीको उपयोग न्यून गरिएको छ । स्थलगत अध्ययनको क्रममा केही विद्यालयमा शैक्षिक सामग्रीका रूपमा शब्दपत्ती, तस्वीर र वाक्यपत्ती प्रयोग गरिए पनि उक्त सामग्री बीचका र पछिल्ला बेन्चका विद्यार्थीहरूले पढ्न र बुझ्न सक्ने उपयुक्त आकारमा पाइएन । केही विद्यालयहरू आर्थिक समस्याको कारण शैक्षिक सामग्रीहरूको प्रबन्ध गर्न असमर्थ छन भने आर्थिक अवस्था राम्रो भएका विद्यालयहरू पनि इच्छा शक्तिको अभावको कारण शैक्षिक सामग्रीहरूको प्रबन्ध गर्न पछि परेका देखिन्छ । भाषा शिक्षणमा श्रव्यदृश्य सामग्री प्रयोग गरेर शिक्षण गर्दा उपयोगी हुन्छ तर यसतर्पm विद्यालयका प्रधानाध्यापक एवं भाषा शिक्षकहरूको ध्यान गएको छैन । शिक्षकहरू तालिम प्राप्त भएपनि तालिममा प्राप्त गरेको सैद्धान्तिक ज्ञान र व्यावहारिक सीपको प्रयोग कक्षा कोठामा गर्न उनीहरू पूर्ण रूपमा सफल नदेखिएको हुँदा अझै सामग्री सङ्कलन निर्माण र प्रयोग सम्बन्धमा उनीहरूलाई प्रोत्साहित गर्नु पर्ने देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
71
PDF
623

Downloads

Published

2023-02-09

How to Cite

जाेशी Joshi क. क. K. K. (2023). नेपाली भाषा शिक्षणमा शैक्षिक सामग्रीे प्रयोगको अध्ययन. DMC Research Journal, 5(01), 95–104. https://doi.org/10.3126/dmcrj.v5i01.52137

Issue

Section

Articles