कक्षा १० को नेपाली भाषा पाठ्यपुस्तक २०५५ र २०६५ को तुलनात्मक अध्ययन विश्लेषण

Authors

  • शोभा कुमारी Shobha Kumari फुयाल Phuyal

DOI:

https://doi.org/10.3126/dmcj.v7i6.57691

Keywords:

बाह्य पक्ष, भाषा पाठ्यपुस्तक, पाठ्यक्रमअनुरूपता, विधावितरण, आन्तरिक पक्ष

Abstract

लेख भाषा पाठ्यपुस्तकको तुलनात्मक अध्ययन विश्लेषणमा आधारित रहेको छ । यस लेखमा कक्षा दशको नेपाली भाषा पाठ्यपुस्तक २०५५ र सोही कक्षाको नेपाली भाषा पाठ्यपुस्तक २०६५ को आन्तरिक र बाह्य आधारमा र पाठ्यक्रम अनुरूपकताका आधारमा दुवै पाठ्यपुस्तकको विधा वितरण तथा प्रस्तुतिका दृष्टिले तुलना गरी सबल र दुर्बल पक्ष पत्ता लगाई सुझाव दिनु मूलभूत उद्देश्य रहेको छ । यो अध्ययन मूलतः वर्णनात्मक अनुसन्धान विधिमा आधारित रहेको छ । यस लेखमा सामग्री सङ्कलनका क्रममा द्वितीय स्रोत विधि अपनाइएको छ । यस लेखमा प्रयोग भएका मुख्य विधिहरूमा पुस्तकालय विधि, तुलनात्मक विधि र पाठ्यक्रम अनुरूपता अध्ययन विधि रहेका छन् । यस क्रममा मुख्यतः विभिन्न लेख, रचना तथा पाठ्यपुस्तकबाट अनुसन्धान विषयसँग सम्बद्ध पूर्वकार्यहरू सन्दर्भ पुस्तक लेख प्रतिवेदन आदिमा प्रकाशित लगायतका सामग्री उपयोग गरिएको छ । कक्षा दशको २०५५ को र २०६५ को पाठ्यपुस्तक निर्माणका क्रममा विधा र पाठको चयनमा पाठ्यक्रम अनुरूपताको कमी देखिन्छ साथै विधा र पाठ्यभार शब्द सङ्ख्या नमुना अभ्यास आदिमा सन्तुलन देखिँदैन । दुवै पाठ्पुस्तकमा शिक्षण प्रक्रिया उल्लेख भए तापनि शिक्षणविधि छुट्टै रूपमा उल्लेख गरिएको छैन । साथै विधा वितरणमा एकरूपता छैन । अक्षरको आकार ठाँउ छोडाइ छपाइ आदिका दृष्टिले २०५५ को पाठ्यपुस्तक भन्दा २०६५ को पाठ्पुस्तक उत्कृष्ट छ । प्रस्तुत अध्ययन भाषा पाठ्यपुस्तकको तुलनात्मक अध्ययन विश्लेषण गर्न चाहने भाषाविज्ञ, भाषाका विद्यार्थी, भाषापाठ्यपुस्तक निर्माण गर्ने संस्थालाई समेत उपयोगी हुने विश्वास लिइएको छ।

Downloads

Download data is not yet available.
Abstract
307
PDF
454

Downloads

Published

2022-07-01

How to Cite

फुयाल Phuyal श. क. S. K. (2022). कक्षा १० को नेपाली भाषा पाठ्यपुस्तक २०५५ र २०६५ को तुलनात्मक अध्ययन विश्लेषण. DMC Journal, 7(6), 61–74. https://doi.org/10.3126/dmcj.v7i6.57691

Issue

Section

Articles