नेपालको मौलिक संस्कृति : भीमसेन

Authors

  • राजनलाल Rajanlal जोशी Joshi नेपालभाषा केन्द्रीय विभाग

DOI:

https://doi.org/10.3126/dmcj.v7i6.57686

Keywords:

उपत्यका, व्यापार, भैरव, नेवार, भीमसेन

Abstract

काठमाडौं उपत्यकालाई थातथलोको रूपमा लिंदै आएका नेवारहरू नेपाल भित्र र बाहिर विभिन्न स्थानमा बसोबास गर्दै आइरहेका छन् । धार्मिक, सांस्कृतिक रूपमा विविधता रहेको यो समुदायले आफू बसेको स्थानमा मौलिक संस्कृतिको विकास गर्ने गरेका छन् । यो समुदायले आफू जहाँ बसेपनि भीमसेनलाई आफ्नो इष्टदेवताको रूपमा पूज्ने गर्छन् । विशेषगरी व्यापारी वर्गले भीमसेनलाई पूजा आराधना नगरी दिनचर्या नै शुरु गर्दैनन् । फलस्वरूप यो समुदायले आफू जहाँ बसेपनि साना–ठुला भीमसेनको मन्दिर  बनाउने गर्छन् । आस्था विश्वासका साथ पूजिंदै आएको भीमसेनलाई नेवार समुदायले मात्र व्यापारका देवताको रूपमा मात्र नरही आफ्नो पीडा कष्ट हटाउने देवताको रूपमा पनि लिने गरिन्छ । बलका देवताको रूपमा चिनिएका भीमसेनलाई कृषि र यौनका देवताको रूपमा समेत पूजिन्छ । फलस्वरूप नेवारहरूकोजीवनको अंगको रूपमा विकास गरेको भीमसेन पूजनलाई संस्कृतिको रूपमा नै विकास गरेको पाइन्छ ।

Downloads

Download data is not yet available.
Abstract
36
PDF
109

Author Biography

राजनलाल Rajanlal जोशी Joshi, नेपालभाषा केन्द्रीय विभाग

सहप्राध्यापक

Downloads

Published

2022-07-01

How to Cite

जोशी Joshi र. R. (2022). नेपालको मौलिक संस्कृति : भीमसेन. DMC Journal, 7(6), 42–47. https://doi.org/10.3126/dmcj.v7i6.57686

Issue

Section

Articles