"गोलार्द्धका दुई छेउ’ एकाड्ढीमा संवाद विश्लेषण

Authors

  • ऋषिराम Rishiram खतिवडा Khatiwada

DOI:

https://doi.org/10.3126/dmcj.v7i6.57665

Keywords:

विषय व्यवस्थापन र अन्तराल, समान जग, घुम्ती

Abstract

प्रस्तुत लेखमा ‘गोलाद्र्धका दुई छेउ’ एकाङ्कीमा संवाद रचनामा केन्द्रित रहेको छ । एकाङ्कीकार गोपाल पराजुलीद्वारा लेखिएको यस नाटकमा समावेश गरिएका संवादको अवयवलाई आधार बनाएर विश्लेषण गरिएको छ । यसका लागि निर्धारित अंशको अर्थापनका लागि सघन पाठ विश्लेषण विधिअनुसार सन्दर्भपरक अध्ययन विश्लेषण गरिएको छ । यसरी स्थापित सिद्धान्तका आधारमा विश्लेषण गरिएको हुनाले यो गुणात्मक प्रकृतिको रहेको छ । यसमा पुस्तकालयीय कार्यको आधारमा प्राथमिक र द्वितीयक स्रोतका सामग्री विश्लेषण गरिएको छ । यहाँ प्रचलित सिद्धान्तलाई आत्मसाथ गर्दै उदाहरण दिइ पुष्टि गरेको हुनाले निगमनात्मक विधिको प्रयोग गरिएको छ । विवेच्य नाटकमा प्रस्तुत संवादलाई मूल प्राज्ञिक समस्या बनाएर त्यसको समाधान खोज्नको लागि पराजुलीको ‘गोलाद्र्धका दुई छेउ’ एकाङ्कीको मुख्य मुख्य संवादलाई प्रयोग गरिएको छ । यस्ता संवादलाई पारस्परिक सम्झौता, आलोपालो, घुम्ती, मौनता, समान जग, सहगामी युग्म र विषय व्यवस्थापन आदिको आधारमा विश्लेषण गरिएको छ । यसकै आधारमा संवाद रचनाको बारेमा निष्कर्ष निकाल्न सकिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
38
PDF
41

Downloads

Published

2022-07-01

How to Cite

खतिवडा Khatiwada ऋ. R. (2022). "गोलार्द्धका दुई छेउ’ एकाड्ढीमा संवाद विश्लेषण. DMC Journal, 7(6), 9–15. https://doi.org/10.3126/dmcj.v7i6.57665

Issue

Section

Articles