सुनवल नगरपालिकास्थित विद्यालयका बहुभाषिक कक्षाका विद्यार्थीहरूको नेपाली वाक्यगठनगत त्रुटि

Authors

  • Pabitra Paudel Mahakavi Devkota Campus, Tribhuvan University

Keywords:

व्याख्यानवाद, मातृभाषा, प्रािकक, दार्शनिक, सामुदायिक

Abstract

प्रस्तुत लेखको उद्देश्य सुनवलका मगर र थारु मातृभाषी विद्यार्थीहरूको नेपाली वाक्यगठनगत त्रुटिहरूको पहिचान गरी तिनको कारण र निराकरणका उपायहरूको विश्लेषण गर्नु हो। यसको ढाँचा गुणात्मक रहेको छ। लेखमा व्याख्यानवादमा आधारित दार्शनिक दृष्टिकोणलाई अवलम्बन गरिएको छ। ज्ञान निर्माणको प्रमुख स्रोतमा प्राथमिक र द्वितीयक स्रोतका सामग्रीको उपयोग गरिएको छ भने तथा विश्लेषण एस पिट कार्डको त्रुटि विश्लेषण सिद्धान्तका आधारमा गरिएको छ। सुनवलका चारवटा सामुदायिक विद्यालयका आठ जना मगर र आठ जना थारु विद्यार्थीहरूलाई सोधपुछमूलक विधिको प्रयोग गरी नमुना छनोट गरिएको छ। विषयगत परीक्षा, कक्षा अवलोकन तथा अन्तर्वार्ताबाट तथ्य संकलन गरिएको हो। तथ्या विश्लेषणमा नाम पदावली, क्रिया पदावली, नाम पदावली र क्रिया पदावलीबीचको सड्गठनात्मक प्रयोग जस्ता क्षेत्रमा त्रुटि भएको पाइएको छ। त्रुटिका कारणमा मातृभाषाको प्रभाव, नेपाली भाषाको शैक्षिक ज्ञानको कमी, विद्यार्थीको लापर्वाहीजस्ता कारण देखिएका छन्।

Abstract
99
PDF
0

Downloads

Published

2025-09-22

How to Cite

सुनवल नगरपालिकास्थित विद्यालयका बहुभाषिक कक्षाका विद्यार्थीहरूको नेपाली वाक्यगठनगत त्रुटि. (2025). Devkota Journal of Interdisciplinary Studies, 7(1), 93-103. https://doi.org/10.3126/djis.v7i1.84598

Issue

Section

Articles

How to Cite

सुनवल नगरपालिकास्थित विद्यालयका बहुभाषिक कक्षाका विद्यार्थीहरूको नेपाली वाक्यगठनगत त्रुटि. (2025). Devkota Journal of Interdisciplinary Studies, 7(1), 93-103. https://doi.org/10.3126/djis.v7i1.84598