महाकाव्यका मानक तत्वका आधारमा मृत्युञ्जय महाकाव्यको विश्लेषण तथा मूल्याङ्कन
DOI:
https://doi.org/10.3126/dcj.v13i1.74604Keywords:
अभिव्यञ्जना, जीवनबोध, मृत्युबोध, रतिशक्तिपाश, सौन्दर्यबोधAbstract
प्रस्तुत लेख भानुभक्त पोखरेलको मृत्युञ्जय महाकाव्यको विश्लेषण तथा मूल्याङ्कनसँग सम्बन्धित छ । यस लेखमा मृत्युञ्जय महाकाव्यमा स्थापित महाकाव्यका मानक तत्वहरूलाई अध्ययनको समस्या मानिएको छ । उक्त समस्यामा आधारित भएर प्रस्तुत काव्यमा महाकाव्यगत लक्षणहरू केकति निर्वाह भएका छन् भन्ने शोध प्रश्न निर्धारण गरिएको छ । यस सम्बन्धमा पूर्वकार्यहरूको अभाव भएको हुँदा यो अध्ययन गर्नु परेको हो । अतः प्रस्तुत महाकाव्यमा सन्निहित महाकाव्यगत मानक तङ्खवहरूको विश्लेषण तथा मूल्याङ्कन गर्नु यस लेखको उद्देश्य रहेको छ । प्रस्तुत अध्ययन मूलतः पूर्वीय आचार्य विश्वनाथको महाकाव्यसम्बन्धी सैद्धान्तिक मान्यतामा रहेर गुणात्मक पद्धतिमा आधारित छ । यसका लागि विवेच्य कृति मृत्युञ्जय महाकाव्यबाट तथ्य सङ्कलन गरिएको छ प्राप्त तथ्यहरूलाई आगमनात्मक विधिबाट वर्णन तथा विश्लेषण गरिएको छ । प्राप्त तथ्यहरू विश्लेषण गर्दा प्रस्तुत काव्यमा महाकाव्यका स्थापित मानक तत्वहरूले कम मात्रामा स्थान पाएको मुख्य नतिजा निस्किएको छ । यसै मुख्य नतिजाका आधारमा छलफल गर्दा कविले धेरै जसो आफ्नै प्रकारका महाकाव्यीय मान्यताहरू स्थापित गर्न खोजेको देखिन्छ भन्ने निष्कर्ष प्रस्तुत लेखको रहेको छ ।