धिमाल खाना संस्कारबाट परम्परागत ज्ञानको पहिचान र संरक्षण
DOI:
https://doi.org/10.3126/dcj.v13i1.74602Keywords:
पहिचान, खाना परिकार, पुर्खाको ज्ञान, पुस्तान्तरण, जीविकोपार्जन, दिगो विकास, विश्व दृष्टिकोणAbstract
यो लेखमा विशेष गरी धिमाल समुदायको खाना परिकारभित्र रहेर आफ्नो अस्तित्व र पहिचानको खोजीमा आधारित रहनेछ । पहिचान गराउने विभिन्न उपायहरू जस्तै समुदायले अभ्यास गर्दै आएका सामाजिक– साँस्कृतिक अभ्यासभित्र रहेका चालचलनहरू, चाडबाडहरू, पूजापाठ तथा तन्त्रमन्त्रहरू, जीवनपद्धतिहरू, अभिनयहरू, सिपकलाहरू आदि मध्ये एउटा सानो तत्व खानाको परिकारहरू पनि पर्दछन् । यस अध्ययनले धिमाल खानाको परिकारहरूभित्र केन्द्रित रहेर खाना परिकारहरूबाटै पनि धिमाल समुदायका पुर्खाहरूबाट हालसम्म निरन्तरता रहेको परम्परागत खाना परिकारसँग सम्बन्धित ज्ञान, सिप, कला, प्रविधि, सामाजिक संस्कार–संस्कृति र मूल्यमान्यता, विश्व दृष्टिकोण, पुस्तान्तरण तथा हस्तान्तरज्ञान, सिप मात्र नभएर दिगो विकासका लक्ष्यहरू हासिल गर्ने र जीविकोपार्जन हुँदै व्यावसायिकतामा जोड्ने प्रयत्न भएको छ ।