च्याउको जङ्गल कवितामा परिवेश

Authors

  • फुलकुमारी ढकाल नेपाली विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर

DOI:

https://doi.org/10.3126/dcj.v13i1.74600

Keywords:

अन्तर्घुलन, जिजीविषा, त्रिकोणान्मक, प्रतिबिम्बन, प्रभावोत्पादकता

Abstract

यस लेखमा कवि विप्लव ढकालको ‘च्याउको जङ्गल’ कवितालाई पाठका रूपमा लिई त्यसमा अभिव्यक्त परिवेशको अध्ययन र विश्लेषण गरिएको छ । प्रस्तुत कविताले २०६२/६३ सालको जनयुद्धको परिवेशलाई समेटेको छ । नेपालको सुमेरु पर्वत, पर्खाल, मरुभूमि, समुन्द्र, आकाश जस्ता स्थानिक सन्दर्भ र ती स्थानका विविध कार्याव्यापारले कविताको स्थानिक परिवेश सिर्जना भएको छ । जनयुद्धमा सर्वसाधारण नागरिकले भोग्नुपरेको दुस्ख, कष्ट, पिडा, युद्धमा गरेको सङ्घर्ष, व्यक्तिगत स्वतन्त्र विचार तथा भोगाइका विविध घटनाक्रमहरूले कविताको कालिक परिवेशको सिर्जना भएको छ भने जनआन्दोलनले निम्ताएको युद्ध र त्यसको परिणामले वातावरणीय परिवेशको सिर्जना भएको छ । परिवेश कविता निर्माणका लागि चाहिने आवश्यक तत्व हो । यसले कविताको समय, ठाउँ र वातावरणको स्पष्टता तथा निश्चितता प्रदान गर्छ । २०६२/६३ सालको जनयुद्धले ल्याएको राजनैतिक परिवर्तन र जनयुद्धबाट आक्रान्त नेपाली जनजीवनको विषय उठानमा परिवेशले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । यसमा एकातिर कृतिमा व्यक्त देश, काल र वातावरणको अध्ययन गरिएको छ भने अर्कोतिर यसले कृतिमा व्यक्त परिवेशको अध्ययन, घटनाले सिर्जित परिस्थिति तथा कथानकले ल्याएको परिस्थितिलाई के कसरी उठान गरिएको छ ? भन्ने जस्ता कुराहरूको परिवेशीय साहित्यिक प्रतिबिम्बनको अध्ययन गरिएको छ । त्यसैगरी विसङ्गतिपूर्ण कम्युनिस्ट कमजोर विचारधारा र त्यसले निम्त्याएको परिणामलाई एक पाटोबाट देखाइएको छ भने अर्को पाटोमा आम सर्वसाधारण नागरिकको स्वतन्त्रता र उनीहरूको विचारलाई यस कवितामा मुख्य रूपमा उल्लेखित गरिएको छ । ‘च्याउको जङ्गल’ कवितामा के कस्ता परिवेश आएका छन् र तिनको प्रयोग कसरी गरिएको छ ? कवितामा व्यक्त परिवेशले के कस्तो किसिमको सन्देश दिन खोजेको छ ? भन्ने कुराको खोजी गर्नु नै यस लेखको मुख्य उद्देश्य हो । यसमा परिवेशको आधारभूत सिद्धान्तलाई कविता विश्लेषणको महत्वपूर्ण र केन्द्रीय सिद्धान्तका रूपमा प्रयोग गर्दै मूलतः साहित्य, समाज व्यवस्था र राजनीतिक संस्कृतिबिचको सम्बन्धलाई कालिक परिवेश, स्थानिक परिवेश र वातावरणीय परिवेशका माध्यमबाट स्पष्ट रूपमा कविताको अध्ययन तथा विश्लेषण गरिएको छ । परिवेश सिद्धान्त कवितामा के कसरी प्रतिबिम्बित भएको छ ? भन्ने प्राज्ञिक जिज्ञासा नै प्रस्तुत शोधको मूल समस्या हो । यही समस्या समाधानको निम्ति शोधविधि अन्तर्गत सामाग्री सङ्कलन विधि र सैद्धान्तिक पर्याधार र अध्ययन विश्लेषण विधिलाई लिइएको छ । कवितामा अभिव्यक्त परिवेशको खोजीले नेपाली कविता अध्ययनको क्षेत्रमा कविताको परिवेशको खोजी गर्न चाहने जो कोहीलाई थप सहयोग र योग्दान पुर्‍याउनुका साथै उपयुक्त परिवेशको बारेमा जानकारी दिन्छ । अन्त्यमा परिवेश सिद्धान्तका आधारमा यो कविता सफल, प्रभावकारी र सौन्दर्यपूर्ण नै छ भन्ने निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
23
PDF
6

Downloads

Published

2024-12-31

How to Cite

ढकाल फ. (2024). च्याउको जङ्गल कवितामा परिवेश. Damak Campus Journal, 13(1), 151–164. https://doi.org/10.3126/dcj.v13i1.74600

Issue

Section

Research article