बहुभाषिक कक्षामा भाषिक परीक्षण तथा मूल्याङ्कन

Authors

  • रेगिना भट्टराई शिक्षा विभाग त्रिभुवन विश्वविद्यालय

DOI:

https://doi.org/10.3126/dcj.v13i1.74599

Keywords:

भाषिक परीक्षण, मूल्याङ्कन, परीक्षणका सिद्धान्त, मूल्याङ्कनका उपाय तथा साधन, निराकरणात्मक शिक्षण

Abstract

प्रस्तुत लेख बहुभाषिक कक्षामा भाषिक परीक्षण तथा मूल्याङ्कन कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने कुराकोसैद्धान्तिक चर्चामा केन्द्रित रहेको छ । यस लेखमा मूलतः बहुभाषिक कक्षाको परिचय र आवश्यकता, भाषिक परीक्षण तथा मूल्याङ्कनको परिचय तथा प्रयोजन, परीक्षण र मूल्याङ्कनका सिद्धान्तहरू, भाषिक परीक्षणका उपाय र साधनहरू तथा परीक्षण प्रक्रिया र शिक्षकको भूमिका आदिका बारेमा स्पष्ट पार्ने प्रयास गरिएको छ । लेखलाई गुणात्मक ढाँचामा संरचित गरिएको छ । यसका लागि सैद्धान्तिक किसिमका पुस्तकहरूलाई आधार बनाइएको छ । यस लेख निर्माणका लागि आवश्यक सामग्री सङ्कलन पुस्तकालय पद्धतिबाट विभिन्न सन्दर्भ कृतिका सहायताले गरिएको छ भने तिनको सङ्गठन र प्रस्तुतीकरणका लागि वर्णनात्मक र व्याख्यात्मक विधि अपनाइएको छ ।अध्ययनबाट बहुभाषिक कक्षामा भाषिक परीक्षण तथा मूल्याङ्कन सम्पन्न गर्नका लागि पाठ्यक्रमका उद्देश्य, परीक्षणीय विषय, भाषिक सिपको छनोट, भाषिक एकनिष्ठता, योजनाबद्ध परीक्षण, विश्वसनीयता र वैधता आदि कुरामा ध्यान दिनु पर्ने निष्कर्ष निकालिएको छ । त्यस्तै बहुभाषिक कक्षामा परीक्षण तथा मूल्याङ्कन सम्पन्न गर्नका लागि लिखित, मौखिक, अवलोकन तथा प्रयोगात्मक आदि युक्तिहरूको प्रयोग गर्नु पर्ने, विद्यार्थीका कक्षाकार्य, गृहकार्य, परीक्षाका उत्तरपुस्तिका आदिलाई समेटी पोर्टफोलियो निर्माण गर्नु गर्ने र त्यसलाई भाषा सिकाइका क्रममा उपयोग गर्नु पर्ने तथा परीक्षणमा कमजोर देखिएका विद्यार्थीलाई निराकरणमूलक, प्रोत्साहनमूलक र सबलीकरणयुक्त कार्यहरू गरेर पुनः परीक्षणका लागि तयार गर्ने, निरन्तर प्रेरणा, हौसला, मार्गदर्शन र परामर्श सेवा प्रदान गर्ने आदि कार्य गरी बहुभाषिक कक्षाका विद्यार्थीहरूको उपलब्धि स्तर बढाउन सकिने निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
30
PDF
9

Downloads

Published

2024-12-31

How to Cite

भट्टराई र. (2024). बहुभाषिक कक्षामा भाषिक परीक्षण तथा मूल्याङ्कन. Damak Campus Journal, 13(1), 141–150. https://doi.org/10.3126/dcj.v13i1.74599

Issue

Section

Research article