‘समन्वित चेतना’ का आयामहरूमा जीवन आचार्यका कथाहरू

Authors

  • धनञ्जय बाँस्कोटा Damak Multiple Campus

Keywords:

समन्वित चेतना , आयाम , समाज , सपना , समय

Abstract

समयको रङ्गलाई टिपेर गोजीभरि राखी घरि घरि कविताका सुन्दर हरफहरुमा देखाइरहने, घरि घरि कथाका प्लटहरुमा सजाइरहने पत्रकार, कलाकार, कवि, कथाकार स्व. जीवन आचार्य आज हामीहरुको बिचमा छैनन्, तर उनका सिर्जनाका रङ्गहको कुरा गरेर हामी कहिल्यै थाक्दैनौं । किनकि उनका सिर्जनाका आयामहरु संधै अनन्त र अकल्पनीय रहे । जीवन कला, पत्रकारिता र साहित्यको योगदानमा अर्पेका आचार्य दमकका कहिल्यै नअस्ताउने तारा हुन् । उनका बारेमा र उनका लेखकीय आयामहरुको उचाइ नाप्न धेरै अनुसन्धानकर्ताहरु जुटेका छन् । यस लेखमा स्व. जीवन आचार्यका कथाका आयामहरू हेरिने छ । अनि ती कथामा प्रयोग भएका समन्वित चेतनालाई हेरिने छ । चेतनाको निर्माण पदार्थले मात्र होइन, समय र परिवेशका आरोह अवरोहहरुले गरिदिन्छन् । अनुभूतिका आहालहरुले गरिदिन्छन् । भोगाइका कालखण्डहरुले गरिदिन्छन् । जीवन आचार्यका कथाहरुमा तिनै कठीन समयका, भोगाइका र समाजले बाँचेका अकल्पनीय उछ्वासहरुलाई प्रक्षेपण गर्न पुगेका छन् ।

Abstract
260
PDF
0

Downloads

Published

2023-12-31

How to Cite

‘समन्वित चेतना’ का आयामहरूमा जीवन आचार्यका कथाहरू. (2023). Damak Campus Journal, 12(1), 90-100. https://doi.org/10.3126/dcj.v12i1.66915

Issue

Section

Research Articles

How to Cite

‘समन्वित चेतना’ का आयामहरूमा जीवन आचार्यका कथाहरू. (2023). Damak Campus Journal, 12(1), 90-100. https://doi.org/10.3126/dcj.v12i1.66915