ऋतम्भरा महाकाव्यमा छन्दप्रयोग {Chandprayoga in the Ritambhara epic}

Authors

  • भूमिप्रसाद Bhumiprasad दहाल Dahal Damak Multiple Campus दमक बहुमुखी क्याम्पस

DOI:

https://doi.org/10.3126/dcj.v11i1.63489

Keywords:

वैदिक छन्द, ऋतम्भरा, गणसूत्र, चतुष्पदी छन्द, छन्दशास्त्र, त्रिवृत्त, मनोयो, विमान शाल्मली, लौकिक छन्द, Vaidik Chhanda, ganasutra, chhandashastra

Abstract

प्रस्तुत अध्ययनमा महाकवि मोहनप्रसाद भण्डारीद्वारा रचित ऋतम्भरा महाकाव्यमा प्रयोग गरिएका छन्दहरूको विश्लेषण गरिएको छ । यस क्रममा कविको परिचय र महाकाव्यको विषयवस्तुमा समान्य प्रवेश गरी प्रयोग गरिएका छन्दहरूको बारेमा अध्ययन र चर्चा गरिएको छ । यस सन्दर्भमा छन्दशास्त्रको पृष्ठभूमि, ऋतम्भरा महाकाव्यमा प्रयोग गरिएका छन्द, तिनको लक्षण र यसै महाकाव्यबाट उदाहरणहरू दिँदै प्रयोग भएका छन्दहरूको गणना गर्दा यसमा मालिनी, तोटक, शालिनी, मल्लिका, मन्दाक्रन्ता, वसन्ततिलका, द्रुतविलम्वित, अनुष्टुप्, शिखरिणी, पञ्चचामर, स्रग्धरा, स्रग्विणी, भुजङ्गप्रयात, उपजाति, वियोगिनी, शार्दूृलविक्रीडित, वंशस्थ (वंशस्थ+इन्द्रवंशा), विजया, भुजङ्गसङ्गता, कामदा, शशिवदना, इन्द्रवंशा, चामर, रथोद्घता, संयुता, उपेन्द्रवज्रा, चम्पकमाला, स्वागता र अभिनवतामरसा गरी २९ वटा छन्द पाइएका छन् । यति धेरै छन्दहरूको सहज प्रयोगले छन्दप्रयोगका दृष्टिले ऋतम्भरा महाकाव्यले धेरै कुरामा समानता राख्तै खास गरेर छन्द–प्रयोगमा शाकुन्तलीय मार्ग र प्रविधि अँगालेको देखिन्छ भन्ने निष्कर्ष निकालिएको छ । वि.सं. २०७३ सालमा प्रकाशित ऋतम्भरा महाकाव्य मूलरूपमा पूर्वीय चिन्तन, धर्मदर्शन, बौद्धिक चेतना, कलाचेतना आदिको अनुशीलनबाट नै मानवसमाज सुखी र सम्पन्न बन्न सक्छ भन्ने दार्शनिक चिन्तनमा आधारित देखिन्छ । यो महाकाव्य पूर्वीय र पाश्चात्य क्षेत्रलाई जोडेर विश्व भूगोल, जलसम्पदा र प्राकृतिक सम्पदालाई एकीकृत गरी नेपाली काव्यवाटिकामा सिर्जनाको नयाँ स्वरूप ल्याउने महाकाव्य पनि पाइन्छ । यसको सिर्जना आद्योपान्त छन्दोबद्ध कवितामा भएकाले छन्दविधानका दृष्टिले यो अनुशीलनयोग्य देखिन्छ । छन्दमा साङ्गीतिकता, श्रुतिमधुरता तथा वर्ण र मात्राको क्रमबद्ध श्रृङ्खला रहने हुँदा काव्यपरम्परकमा यसको विशिष्ट भूमिका रहिआएको छ । ऋतम्भरा महाकाव्यमा पनि छन्दकविताको निरन्तरता देखिएको हुँदा यसको छन्दप्रयोग हेर्नु यस लेखको मूल अभिप्राय रहेको छ । यसका लागि ऋतम्भरा नै प्राथमिक सामग्री रहेको छ । यस महाकाव्यका सन्दर्भमा आएका भूमिका, लेखकीय आदिलाई र छन्दको विवेचनासम्बन्धी पादटिप्पणीमा राखिएका सामग्रीलाई द्वितीयक सामग्रीमा लिइएको छ । विषको विश्लेषण गर्दा गणसूत्रका आधारमा महाकाव्यमा रहेका भिन्नभिन्न छन्दहरूको पहिचान गरी कुनै एक छन्दका लागि कुनै एक चतुष्पदी पद्य महाकाव्यबाटै लिएर विषयशीर्षकलाई वर्णनात्मक, व्याख्यात्मक र विश्लेषणात्मक विधिको प्रयोग गरी अर्थापन विधिद्वारा यस लेखमा प्रयुक्त सारको निरूपण गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
22
PDF
25

Author Biography

भूमिप्रसाद Bhumiprasad दहाल Dahal, Damak Multiple Campus दमक बहुमुखी क्याम्पस

उपप्राध्यापक, नेपाली विभाग

Downloads

Published

2023-12-31

How to Cite

दहाल Dahal भ. B. (2023). ऋतम्भरा महाकाव्यमा छन्दप्रयोग {Chandprayoga in the Ritambhara epic}. Damak Campus Journal, 11(1), 123–142. https://doi.org/10.3126/dcj.v11i1.63489

Issue

Section

Articles