पथरी बहुमुखी क्याम्पसमा विद्यार्थीको सन्तुष्टिको स्तर

Authors

  • Bhim Prasad Luitel Pathari Multiple Campus

Keywords:

विद्यार्थी सन्तुष्टि, शिक्षण सिकाइ, शैक्षिक गुणस्तर, शिक्षण प्रविधि, पठनपाठन, शिक्प्रषण भावकारिता

Abstract

प्रस्तुत लेख “पथरी बहुमुखी क्याम्पसमा विद्यार्थीको सन्तुष्टिको स्तर” शीर्षक अन्तर्गतका विषयवस्तुमा आधारित छ । मूलतः क्याम्पसको शैक्षिक उन्नयनका लागि शिक्षा गुणस्तरीय नभएको त्यसका निमित्त शिक्षणसिकाइ, प्रशासनिक सेवा, क्याम्पसमा सञ्चालित कार्यक्रम र गतिविधि, विद्यार्थीको भूमिका, भौतिक अवस्था तथा अन्य सम्बद्घ पक्षहरू जति सबल  हुनुपर्ने हो त्यति हुन नसकेको लगायतका तमाम जल्दाबल्दा सवाल उठिरहेको वर्तमान सन्दर्भमा तिनको निराकरणका उपायहरूको खोजी गर्ने प्रयोजनार्थ प्रमुख सरोकारित पक्ष अर्थात क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको सन्तुष्टिको स्तर पहिचान गरी क्याम्पसको शैक्षिक, प्रशासनिक, भौतिक लगायत सम्पूर्ण पक्षको आवश्यक सुधारका उपायहरू खोजी गर्ने मुख्य उद्देश्यका साथ यो लेख तयार गरिएको छ । प्रस्तुत लेख परिमाणात्मक तथा गुणात्मक ढाँचामा विश्लेषणात्मक शैलीमा आधारित रही मूलतः प्रथम तथ्याङकको स्रोत “विद्यार्थी सन्तुष्टि सर्वेक्षण प्रश्नावली” तथा आवश्यकतानुसार द्वितीय स्रोत समेतका आधारमा यस क्याम्पसको शैक्षिक, प्रशासनिक, भौतिक पक्ष र तीसँग सम्बन्धित विविध विषयवस्तुहरूको प्रभावकारिताप्रति विद्यार्थीको सन्तुष्टिको स्तर पहिचान र यससँग सम्बन्धित समस्या एवम समाधानका उपायहरू लगायतका विषयवस्तु समावेश गरिएको छ । यस सन्दर्भमा क्याम्पसको शिक्षणसिकाइ, प्रशासनिक सेवा, सञ्चालित कार्यक्रम र गतिविधि, विद्यार्थीको भूमिका तथा अन्य विविध पक्षको प्रभावकारितालगायत सम्बद्घ विषयवस्तुप्रतिको विद्यार्थीको सन्तुष्टिको स्तरसँग शैक्षिक गुणस्तरलाई जोडदै क्याम्पसको शैक्षिक भविष्यलाई आधुनिक, वैज्ञानिक तथा गुणस्तरीय बनाउन सम्बन्धित सम्पूर्ण पक्ष एकत्रित भइ एकमुष्ट रूपमा जुटनुपर्ने निष्कर्ष प्रस्तुत लेखमा निकालिएको छ ।

Abstract
118
PDF (Nepali)
1

Author Biography

Bhim Prasad Luitel , Pathari Multiple Campus

Teaching Assistant

Downloads

Published

2025-08-04

How to Cite

Luitel , B. P. (2025). पथरी बहुमुखी क्याम्पसमा विद्यार्थीको सन्तुष्टिको स्तर . Creative Vision: Multidisciplinary Journal of PMC, 3(1), 206-228. https://doi.org/10.3126/cvmjop.v3i1.82682

Issue

Section

Articles

How to Cite

Luitel , B. P. (2025). पथरी बहुमुखी क्याम्पसमा विद्यार्थीको सन्तुष्टिको स्तर . Creative Vision: Multidisciplinary Journal of PMC, 3(1), 206-228. https://doi.org/10.3126/cvmjop.v3i1.82682