दुःखान्त नाटक अन्धवेगमा नायिका पम्फाको यौन चरित्र

Authors

  • Pathari Multiple Campus पथरी बहुमुखी क्याम्पस

Keywords:

बाध्यात्मक, अतृप्त चाहना, यौनेच्छा, समाज

Abstract

दुःखान्त नाटक अन्धवेगमा नायिका पम्फाको यौन चरित्र शीर्षकमा तयार पारिएको प्रस्तुत लेखमा नायिका पम्फाको कामवासनायुक्त आवेग उचित हो वा होइन ? नाटकमा प्रयुक्त नायिका पम्फाको क्रियाकलाप सामाजिक दृष्टिले कतिको उपयुक्त छ ? यस्ता क्रियाकलापले समाजमा कस्ता समस्याहरू निम्त्याउँछ भन्ने समस्यामा आधारित भई  नायिका पम्फाको यौन चरित्र विश्लेषण गर्ने उद्देश्य राखिएको छ । लेखमा नारीहरूले आफ्नो अतृप्त यौनेच्छा पूरा गर्न खोज्दा पितृप्रधान समाजमा यसले पार्ने प्रभावको विश्लेषणसमेत गरिएको छ । पुस्तकालयीय विधिबाट तथ्याङ्क सङ्कलन गरिएको तथा वर्णनात्मक विधिको प्रयोग गरी तथ्यहरूको विश्लेषण गरिएको यस लेखमा यस्ता क्रियाकलापले समाजमा कस्ता समस्याहरू निम्त्याउँछ भनी विश्लेषण गर्नुका साथै तत्कालीन नेपाली समाजमा लिङ्गगत विभेदका कारण नारीहरूले आफ्ना यौनेच्छा दबाउँदै आएका तर हाल आएर यसले विकराल रूप लिएको सन्दर्भलाई समेत प्रस्तुत गरिएको छ । नाटकमा पितृसत्ता र सामाजिक संरचनाका कारण नारीहरूमा खुलेर आफ्ना इच्छा चाहना पूरा गर्न नसक्ने बाध्यता रहेको देखिन्छ । कतिपय नारीहरूले सामाजिक बन्धनलाई भत्काएर आफ्ना अतृप्त चाहना पूरा गर्न खोज्दा  निम्तिने दुःखान्त अवस्था नाटकमा देखिएको छ । आफ्ना पत्नीबाट यौन सन्तुष्टि नपाए परस्त्री गमन गर्न छुट दिने तत्कालीन नेपाली समाजमा नारीहरूले सो कार्य गर्न ठुलो अपराध मानिएको छ । यहाँ पम्फाको सो कार्य गलत भएको र नारी पुरुष दुवैलाई नैतिक धरातलमा समानताका लागि आवाज उठाउनु पर्ने कुरा निष्कर्ष  आएको छ । पम्फाले आफ्नो यौन आवेगलाई नियन्त्रण गर्न नसक्दा जयवीर मारिएको, गरुडध्वज आत्महत्या गर्न बाध्य भएको र स्वयम पम्फा यी दृश्य देखेर मर्न बाध्य भएकी छे । समग्रमा भन्दा पम्फाको अतृप्त यौनेच्छा नाटक दुःखान्तको कारण बनेको पाइन्छ ।

Abstract
130
PDF (Nepali)
1

Author Biography

Pathari Multiple Campus, पथरी बहुमुखी क्याम्पस

शिक्षण सहायक 

Downloads

Published

2025-08-04

How to Cite

Pathari Multiple Campus. (2025). दुःखान्त नाटक अन्धवेगमा नायिका पम्फाको यौन चरित्र . Creative Vision: Multidisciplinary Journal of PMC, 3(1), 185-205. https://doi.org/10.3126/cvmjop.v3i1.82681

Issue

Section

Articles

How to Cite

Pathari Multiple Campus. (2025). दुःखान्त नाटक अन्धवेगमा नायिका पम्फाको यौन चरित्र . Creative Vision: Multidisciplinary Journal of PMC, 3(1), 185-205. https://doi.org/10.3126/cvmjop.v3i1.82681