कक्षा १० को नेपाली भाषा पाठयपुस्तक (२०७८) को बाह्य र आन्तरिक पक्षका आधारमा अध्ययन
DOI:
https://doi.org/10.3126/cvmjop.v3i1.82658Keywords:
पाठयपुस्तक, प्राज्ञिक, विश्लेष्य, विषयवस्तुAbstract
माध्यमिक शिक्षा कक्षा १० को वर्तमान समयको नेपाली भाषा पाठयपुस्तक आन्तरिक र बाह्य विशेषताले के कति सबल वा दुर्बल रहेको छ भन्ने कुरामा केन्द्रित भएर यो अनुसन्धानात्मक लेख तयार पारिएको छ । यो लेख गुणात्मक अनुसन्धानको पुस्तकालयीय विधिमा आधारित रहेको छ । यसका साथै पाठयपुस्तकको प्रयोग अवस्थालाई प्रत्यक्ष अवलोकनद्वारा पनि अध्ययनलाई अगाडि बढाइएको छ । यस लेखलाई पूर्णता दिनका लागि कक्षा १० को नेपाली पाठयपुस्तक २०७८ लाई प्राथमिक स्रोतका रूपमा र अन्य सामग्रीलाई द्वितीय स्रोत मानेर सामग्री सङकलन गरिएको छ । पाठयपुस्तक विश्लेषण गर्दा बाह्य पक्षअन्तर्गत बनोट र स्वरूप, अक्षरको आकार र ठाउँ छोडाइ, छपाइ र बँधाइ कागतको स्तर, मूल्य र सुलभता तथा विषयसूचीका बारेमा अध्ययन गरिएको छ । त्यस्तै पाठयपुस्तकका आन्तरिक पक्षअन्तर्गत विषयवस्तु र पाठयवस्तु, शब्दभण्डार, भाषा, अभ्यास, चित्र लगायतका पक्षको अध्ययन गरिएको छ । वर्तमान समयमा यस पाठयपुस्तकले सिकारुको स्तर, रुचि, क्षमता तथा अवश्यकतालाई सम्बोधन गर्न के कति सक्षम रहेको छ भन्ने कुराको खोजीमा प्रस्तुत अध्ययन केन्द्रित रहेको छ । विगतका भाषा पाठयपुस्तकका तुलनामा भाषिक सिप सिकाउन यसको भौतिक र प्राज्ञिक पक्ष कत्तिको सबल छ भन्ने कुरालाई पनि यस अध्ययनमा नियाल्ने चेष्टा गरिएको छ । भाषा पाठयपुस्तकका बाह्य र आन्तरिक पक्षको गहन अध्ययन गरी समग्रमा पाठयपुस्तक सामान्य भाषिक सिपको विकास गराउन मात्र नभएर विशिष्ट किसिमका भाषिक प्रकार्यको विकास गराउनसमेत उपयोगी रहेको निष्कर्ष निकालिएको छ ।