छिमेकी कथाको समाजपरक अध्ययन
DOI:
https://doi.org/10.3126/cvmjop.v3i1.82656Keywords:
पर्यावरण, समाजAbstract
प्रस्तुत अध्ययन कथाकार गुरुप्रसाद मैनालीको छिमेकी कथाको समाजपरक अध्ययनमा केन्द्रित रहेको छ । नेपाली कथालाई आधुनिकतातर्फ उन्मुख गराउने कथाकार मैनाली प्रथम आधुनिक कथाकार हुन । विसं १९९३ सालमा शारदा पत्रिकामा सर्वप्रथम प्रकाशित छिमेकी कथा विसं २०२० सालमा नासो कथासङग्रहमा सङगृहीत छ । यसमा फ्रान्सेली समाजशास्त्री हिप्पोलाइट एडल्फ टेनको समाजपरक सिद्धान्त जाति, क्षण र पर्यावरणका कसीमा छिमेकी कथाको समाजपरक अध्ययन गरिएको छ । यो गुणात्मक अध्ययनमा पुस्तकालयीय अध्ययन विधिको प्रयोग गरिएको छ । प्राथमिक स्रोतका रूपमा छिमेकी कथा रहेको छ भने द्वितीयक स्रोतका रूपमा विषयसँग जोडिएर गरिएका शोध सामग्री, सन्दर्भ सामग्री, अनुसन्धानात्मक तथा समीक्षात्मक लेखरचना आदिलाई लिइएको छ । कथाभित्रको समाजका यथार्थ मान्यतालाई प्रभावकारी ढङगले देखाइएको छ । विसं २००७ सालअगिको सामाजिक तथा आर्थिक अवस्थाको झलक प्रस्तुत गर्न सफल यस कथाको समाजशास्त्रीय कोणबाट अध्ययन विश्लेषण गर्नु यस आलेखको मूल अभीष्ट रहेको छ । प्रस्तुत कथामा टेनले अगि सारेको समाजशास्त्रीय मान्यताभित्रका जाति, क्षण र पर्यावरणको सशक्त प्रयोग भएकाले समाजशास्त्रीय अध्ययनका दृष्टिले प्रस्तुत कथा अत्यन्त उपयोगी रहेको छ र छिमेकी कथालाई जाति, क्षण र पर्यावरणका आधारमा सामाजिक धरातलमा राखेर अध्ययन गर्न सक्नु नै निष्कर्ष रहेको छ ।