सामुदायिक माध्यमिक विद्यालयमा नेपाली कविता शिक्षण विधि तथा सिकाइ सहजीकरण सञ्चालन प्रक्रिया

Authors

  • Tilak Prasad Lamsal सामाजिक शास्त्र तथा शिक्षा सङकाय, नेपाल खुला विश्वविद्यालय, मानभवन, ललितपुर

DOI:

https://doi.org/10.3126/cvmjop.v3i1.82655

Keywords:

सिकाइ, भाषिक सिप, अभिव्यक्ति, क्रियाकलाप

Abstract

प्रस्तुत लेख नेपाली भाषा शिक्षकहरूले कविता शिक्षण गर्दा अपनाउने गरेका विधि तथा क्रियाकलापसँग सम्बन्धित रहेको छ । यस सम्बन्धमा पूर्वकार्यहरू कमै भएका हुँदा यो अध्ययन गर्नु परेको हो । कविता शिक्षण गर्दा प्रयोग गरिने विधि तथा क्रियाकलापसम्बद्ध पक्षलाई यस लेखमा अध्ययनको समस्या मानिएको छ । यही समस्यामा आधारित भई सामुदायिक विद्यालयका माध्यमिक तह (कक्षा ९ र १०) मा नेपाली भाषा शिक्षकहरूले कविता शिक्षण गर्दा के कस्ता विधि र क्रियाकलापहरू कसरी सञ्चालन गर्ने गरेका छन ? भन्ने शोधप्रश्न निर्धारण गरिएको छ । कविता शिक्षण गर्दा अपनाइने विधि र क्रियाकलापहरूको सञ्चालन प्रक्रियाको विश्लेषण गर्नु यस लेखको उद्देश्य रहेको छ । प्रस्तुत अध्ययन माध्यमिक शिक्षा पाठयक्रम (कक्षा ९–१०), २०७८ को सैद्धान्तिक ढाँचामा गुणात्मक पद्धतिमा आधारित छ । यसका लागि मोरङको बेलबारी नगरपालिकाअन्तर्गतका दश वटा सामुदायिक माध्यमिक विद्यालय तहका दशओटै नेपाली भाषा शिक्षकहरूसँग अन्तर्वार्ता लिएर तथ्य सङकलन गरिएको छ । प्राप्त तथ्यहरूलाई आगमनात्मक विधिबाट वर्णन तथा विश्लेषण गरिएको छ । तथ्य विश्लेषण गर्दा नेपाली भाषा पाठयक्रमले निर्दिष्ट गरेका कविता शिक्षण सिकाइ सहजीकरणका विधि तथा क्रियाकलापहरूको शिक्षकहरूले कम मात्रामा प्रयोग गर्ने गरेको मुख्य नतिजा निस्किएको छ । यस मुख्य नतिजाका आधारमा छलफल गर्दा भाषिक सिपमा आधारित विधि तथा क्रियाकलापहरू बढी शिक्षक केन्द्रित रहेका, कविता शिक्षणको क्रममा अस्पष्टता÷अन्योल रहेको, कविता शिक्षणमा सिकाइ सहजीकरण प्रक्रिया र तिनका चरणहरूको प्रयोगमा अलमल रहेको, शैक्षिक सामग्री र प्रविधिको न्यून प्रयोग भएको, दैनिक पाठयोजनाको निर्माण र प्रयोगको अभाव रहेको निष्कर्ष प्रस्तुत लेखको रहेको छ । यसका लागि विद्यालय तहमा नेपाली भाषा शिक्षण गर्ने शिक्षकलाई कविता शिक्षण विधिसम्बन्धी तालिमको व्यवस्था गर्नुपर्ने सुझाव प्रस्तुत गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
76
PDF (नेपाली)
36

Published

2025-08-04

Issue

Section

Articles