नेपाली भाषामा आगन्तुक शब्दहरूको प्रयोग
DOI:
https://doi.org/10.3126/crj.v3i1.76527Keywords:
आगन्तुक, वर्णसमुच्चय, शब्दान्विति, प्रविष्टि, विहङगावलोकनAbstract
यस लेखमा नेपाली भाषामा प्रयोग र उपयोगमा आएका आगन्तुक शब्दहरूको अध्ययन गरिएको छ । आगन्तुक शब्द भन्नाले संस्कृत भाषाबाहेक स्वदेशभित्र बोलिने मातृभाषा तथा विदेशी भाषाबाट आएर नेपाली भाषामा प्रयोग हुने शब्दलाई बुझिन्छ । अध्ययनमा स्वदेशी तथा विदेशी भाषाबाट नेपाली भाषामा प्रयोग हुँदै आएका आगन्तुक शब्दहरूको पहिचान तथा तिनको प्रयोगक्षेत्रको निर्धारण गर्ने उद्देश्य राखिएको छ । आलेख तयार पार्ने सन्दर्भमा मूलतः पुस्तकालयीय विधि र पद्धतिको उपयोग गरी सङ्कलन गरिएका प्राथमिक र द्वितीयक स्रोतका सामग्रीहरूबाट प्राप्त तथ्यलाई उदाहरणसहित वर्णनात्मक विधिद्वारा विश्लेषण गरिएको छ । आगन्तुक शब्दको प्रयोगले भाषिक शब्दभण्डार बढ्ने मात्र नभई भाषिक सम्पन्नता र व्यापकता थप्ने गर्दछु । वर्तमान समयमा अङ्ग्रेजी भाषा विश्वको सूचना प्रविधि र बहुप्रचलित भाषाका रूपमा रहेको हुनाले अधिकांश आगन्तुक शब्दहरू यसै भाषाबाट भित्रिएका पाइन्छन् । यस्ता शब्दको अन्धाधुन्ध प्रयोगले भाषाको वास्तविक स्वरूपमा खलल पुग्नु हुँदैन भन्ने निष्कर्ष निकालिएको छ ।