‘अप्रिय’ उपन्यासको शैली वैज्ञानिक अध्ययन
DOI:
https://doi.org/10.3126/crj.v3i1.76525Keywords:
अप्रिय, कथानक, चरित्र चयन, विचलन, निकृष्ट, निश्चेष्टAbstract
यस अध्ययनको मुख्य उद्देश्य ध्रुवचन्द्र गौतमद्वारा लिखित ‘अप्रिय’ उपन्यासको कथानक, चरित्र, भाषिक चयन, भाषिक विचलन तथा समानान्तरतासम्बन्धी जानकारी शैली वैज्ञानिक आधारमा विश्लेषण गर्नु रहेको छ । त्यसमा पनि पाश्चात्य जगत्मा प्रचलित शैली वैज्ञानिक अध्ययन नवीन तथा गहनतम् समीक्षात्मक पद्धतिका आधारमा ‘अप्रिय’ उपन्यासको शैली वैज्ञानिक अध्ययन गरिएको छ । उपन्यासमा नेपाली आधुनिक यान्त्रिकताले थिचिएको निम्न–मध्यम वर्गीय, निम्न बेतनधारी कर्मचारीको यथार्थ व्यक्तिवृत्त चित्रण गरिको छ । प्रस्तुत उपन्यासमा निम्न–मध्यम वर्गीय सामान्य कर्मचारीको पारिवारिक एकाइ कसरी टुट्दैछ, व्यक्ति कसरी एक्लो र असहाय हुँदैछ, जीवनका आदर्श स्थिति के हुन्, समाज कसरी जीवनलाई निकृष्ट बनाउने गरी बदलिएको छ, समय कसरी मानवमूल्य निश्चेष्ट छ भन्ने विषयवस्तु विवेच्य छ । मानवमूल्य र अस्तिŒवको खोजीमा जीवनलाई दासत्वबाट मुक्ति पाउन गरिएको प्रयासलाई महत्वदिइएको छ । यस उपन्यासको कथानक, चरित्र, भाषिक चयन, विचलन र समानान्तरताको वस्तुपरक, वर्णनात्मक तथा समीक्षात्मक अध्ययन र विश्लेषणले मार्मिक तथा गतिशील कथानक, जीवन्त चरित्र, सार्थक भाषिक छनोट र उपयुक्त शैलीले उपन्यासलाई जीवन्त, सार्थक र प्रभावकारी बनाएको पुस्ट्याई गरिएको छ । यस अध्ययनबाट उपन्यासकार गौतमको लेखनका वैशिष्ट्यलाई चिनाएको, कृतिमा स्वैरकल्पना, व्यङ्ग्य र कारुणिकताको प्रस्तुति गराएको, अर्थगत विस्तार र गहनतालाई प्रस्तुत गरेको र शैली शिल्पता उत्कृष्ट रहेको निष्कर्ष प्राप्त भएको छ ।