विकासको कुलो कथामा अनुभूतिको संरचना {The structure of feeling in the story ‘Vikas ko Kulo’}

Authors

  • Sharada Devi Lamichhane Department of Nepali, Patan Multiple Campus, T.U.

DOI:

https://doi.org/10.3126/cognition.v8i1.89806

Keywords:

अधीनस्थ पिँढी, , उदीयमान पिँढी, , दस्ताबेज, , प्रतिनिधित्व, , प्रभुत्वशाली पिँढी

Abstract

प्रस्तुत लेख ऋषिराज बरालको ‘विकासको कुलो’ कथामा अनुभूतिको संरचनाको अध्ययनमा आधारित छ । उनका कथामा नेपाली समाजमा विद्यमान प्रभुत्वशाली वर्गद्वारा अधीनस्थ वर्गमाथि गरिने अन्याय, अत्याचार, शोषणको चित्रण गरिनुका साथै अन्यायका विरुद्ध उत्पीडित वर्गले देखाएको सङ्घर्षलाई उद्घाटन गरिएको छ । अनुभूतिको संरचना रेमन्ड विलियम्सको समाजशास्त्रीय अवधारणा हो । समाजमा तीन पिँढी रहने र तिनै तीन पिँढीका बिच क्रियाप्रतिक्रियाका क्रममा समुदायले गर्ने दबाबजन्य विशिष्ट अनुभूतिको अभिव्यक्ति कलाकृतिमा हुने उनको दृष्टिकोण रहेको छ । यसै मान्यताका कोणबाट बरालको ‘विकासको कुलो’ कथाको अनुसन्धानमूलक अध्ययन तथा विश्लेषण गर्ने उद्देश्य प्रस्तुत शोधकार्यको रहेको छ । यस उद्देश्य परिपूर्तिका निम्ति कथामा पिँढीगत संस्कृति र प्रभुत्वका कारण सिर्जित अनुभूति तथा दबाब र तनाबका कारण सिर्जित अनुभूतिको संरचनाका आधारमा व्याख्या विश्लेषण गर्न सोद्देश्यमूलक ढङ्गले पुस्तकालयीय अध्ययन कार्यबाट सामग्रीको सङ्कलन गरिएको छ । सङ्कलित सामग्रीको विश्लेषण समाजशास्त्रीय मान्यता अनुरूप गरिएकाले यसमा निगमनात्मक विधिको उपयोग गरिएको छ । प्रभुत्वशाली पिँढीको संस्कृतिले समाजका हरेक तहमा आफ्नो आधिपत्य कायम राख्न अनेक छलकपट र शोषणको उद्घाटन गरिनुका साथै अधीनस्थ पिँढीमा अस्तित्वका लागि सङ्घर्ष गर्ने चेतनाको प्रतिविम्बन भएको निष्कर्ष प्रस्तुत कथाको अध्ययनबाट प्राप्त भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
1
pdf (नेपाली)
0

Author Biography

Sharada Devi Lamichhane, Department of Nepali, Patan Multiple Campus, T.U.

Asst. Professor 

Published

2026-01-28

How to Cite

Lamichhane, S. D. (2026). विकासको कुलो कथामा अनुभूतिको संरचना {The structure of feeling in the story ‘Vikas ko Kulo’}. Cognition, 8(1), 132–143. https://doi.org/10.3126/cognition.v8i1.89806

Issue

Section

Articles