ऐँठन उपन्यासमा अनुभूतिको संरचना {The structure of feeling in the Novel ‘Aithan’}
DOI:
https://doi.org/10.3126/cognition.v8i1.89775Keywords:
अनुभूति, जनयुद्ध, पिँढी, संस्कृतिAbstract
प्रस्तुत अनुसन्धानमूलक लेखमा विवेक ओझाको वि.स. २०७९ मा प्रकाशित ऐँठन उपन्यासलाई पाश्चात्य जगत्का रेमन्ड विलियम्सद्वारा प्रतिपादित अनुभूतिको संरचनाको सिद्धान्तका आधारमा व्याख्या विश्लेषण गरिएको छ । यसरी व्याख्या विश्लेषण गर्दा निगमनात्मक, वर्णनात्मक तथा विश्लेषनात्मक पद्धति अपनाई समस्याको निवारण गरिएको छ । ऐँठन उपन्यासमा रेमन्ड विलियम्सको सिद्धान्तले भने बमोजिम दश वर्षे जनयुद्धको समयमा तीन वटा पिँढी रहेको पाइन्छ । ती पिँढीका आ–आफ्नै अनुभूति रहेको छ जसको विश्लेषण गर्नु यस लेखको उद्देश्य रहेको छ । मुख्य रूपमा राज्य पक्षद्वारा स्थापित प्रभुत्वशाली संस्कृतिलाई विस्थापित गरी नयाँ संस्कृति निर्माण गर्ने क्रममा प्रभुत्वशाली पिँढी र विद्रोही उदीयमान पिँढीबिच द्वन्द्व भएको छ भने अवशिष्ट पिँढी अर्थात् सर्वसाधारण वर्ग उक्त द्वन्द्वबाट प्रभावित मात्र होइन प्रताडित नै बनेको छ । अवशिष्ट पिँढीले भोगेको त्रासदीपूर्ण अनुभूतिलाई केन्द्रबिन्दुमा राखी लेखिएको यस उपन्यासमा ती पिँढीबिचको अन्तरद्वन्द्व र अन्तक्रियाद्वारा नयाँ संस्कृतिको उदय भएको मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ । अनुभूतिको संरचनाको सिद्धान्त बुभ्mन र अध्ययन विश्लेषण हेतु ऐँठन उपन्यास निकै उपयुक्त रहेको यस अनुसन्धानमूलक लेखको निष्कर्ष रहेको छ ।