‘झरनाको चिसो पानी’ गीतको अन्तर्वस्तु {The thematic content of the song ‘Jharanako Chiso Pani'}

Authors

Keywords:

उत्पादन सम्बन्ध, , उत्पादक शक्ति, , वर्गीय विभेद, , वर्गसङ्घर्ष, , सामन्त

Abstract

प्रस्तुत लेखमा जीवन शर्माले रचना गरेको ‘झरनाको चिसो पानी’ गीतको अन्तर्वस्तुको विश्लेषण गरिएको छ । जीवन शर्मा रक्तिम सांस्कृतिक अभियानसँग गाँसिएका गीतकार, सङ्गीतकार र गायकसमेत हुन् । उनले रचना गरेका चर्चित गीतहरूमध्ये ‘झरनाको चिसो पानी’ पनि एक हो । उक्त गीतमा रचनाकारले केकस्तो अन्तर्वस्तुलाई समाविष्ट गरेका छन् भन्ने प्राज्ञिक जिज्ञासाको समाधान गर्ने काम यस लेखमा भएको छ । रचनामा प्रस्तुत भएको विषय, वस्तुगत यथार्थका साथसाथै रचनाकारको वैचारिकी समेतको योग नै अन्तर्वस्तु हो । प्रगतिवादले साहित्यमा रूप र अन्तर्वस्तुको एकत्वमा जोड दिन्छ र अन्तर्वस्तुले नै रूपको निर्धारण गर्ने बताउँछ । प्रस्तुत लेखमा आवश्यक सामग्रीहरूको सङ्कलन पुस्तकालयबाट गरिएको छ र सामग्रीको विश्लेषण गर्दा अन्तर्वस्तुका सङ्घटकका रूपमा रहेका विषय, वस्तुगत यथार्थ र विचारपक्षलाई आधार बनाइएको छ । उक्त विश्लेषणबाट प्रस्तुत लेखमा ‘झरनाको चिसो पानी’ गीतले श्रमजीवी वर्गको कष्टपूर्ण जिन्दगी र वर्गसङ्घर्षको स्थितिलाई विषयका रूपमा चयन गरी ढल्दै गरेको सामन्तवादी समाजको यथार्थ चित्रण गरेको अनि शोषितपीडित वर्गका पक्षमा उभिँदै निरन्तरको क्रान्तिबाट मात्रै वर्गविहीन समाजको निर्माण हुने प्रगतिवादी विचार प्रवाह गरेको निष्कर्ष निकालिएको छ । साहित्यको वास्तविक शक्ति त्यसको रूपमा नभई अन्तर्वस्तुमा रहने भएकाले अनि जनवादी गीतसङ्गीतका क्षेत्रमा चर्चित रहेको ‘झरनाको चिसो पानी’ गीतको अन्तर्वस्तुको वस्तुनिष्ठ विश्लेषण गरिएकाले यो लेख प्राज्ञिक महत्त्वले युक्त बन्न पुगेको छ ।

Abstract
70
pdf (Nepali)
0

Author Biography

Bishnu Gyawali, Depart of Nepali, Patan Multiple Campus, TU

Asst. Professor

Downloads

Published

2026-01-28

How to Cite

‘झरनाको चिसो पानी’ गीतको अन्तर्वस्तु {The thematic content of the song ‘Jharanako Chiso Pani’}. (2026). Cognition, 8(1), 102-110. https://doi.org/10.3126/cognition.v8i1.89774

Issue

Section

Articles

How to Cite

‘झरनाको चिसो पानी’ गीतको अन्तर्वस्तु {The thematic content of the song ‘Jharanako Chiso Pani’}. (2026). Cognition, 8(1), 102-110. https://doi.org/10.3126/cognition.v8i1.89774