अवधी भाषाका लोकगीतको अध्ययन { Study of Awadhi Folk Songs]

Authors

DOI:

https://doi.org/10.3126/cognition.v7i1.74798

Keywords:

जातिगीत, पर्वगीत, लोकगीत, लोकनृत्य, लोकसाहित्य

Abstract

प्रस्तुत लेखमा रूपन्देही र कपिलवस्तु जिल्लामा प्रचलित लोकगीतको अध्ययन गरिएको छ । यो लेख क्षेत्रीय अध्ययनसँग सम्बन्धित रहेको छ । यस लेखमा प्राथमिक तथा द्वितीयक स्रोतका सामग्रीको उपयोग गरिएको छ । यस लेखमा रूपन्देही जिल्लाका मायादेवी गाउँपालिका, कोटहीमाई गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका तथा कपिलवस्तु जिल्लाको तौलिहवा नगरपालिकालाई भौगोलिक स्थानका रूपमा चयन गरी त्यहाँ प्रचलित अवधी लोकगीत सङ्कलन गरिएको छ । यस लेखमा अवधी भाषीले विभिन्न अवसरमा गाउने विविध लोकगीत सङ्कलन गरी तिनका मुख्य विशेषता निरूपण गरिएको छ । यिनै लोकगीतलाई यस लेखमा प्राथमिक स्रोतको सामग्रीका रूपमा लिइएको छ । यस लेखमा अवधी भाषिक समुदायमा विभिन्न पर्वसँग सम्बन्धित लोकगीत प्रचलित रहेका छन् भन्ने कुरा लेखमा देखाइएको छ । यस्तै अवधी भाषी समुदायमा पर्व गीत, कर्म गीत, संस्कार गीत, ऋतु गीत, जाति गीत आदि प्रचलित रहेका छन् भन्ने कुरा लेखमा उल्लेख गरिएको छ । अवधी भाषामा प्रचलित रहेका लोकगीतले नारीका पीडा, आर्थिक अभाव, मनोवैज्ञानिक समस्या जस्ता विषय उठान गर्दै समाज सुधारको चाहना व्यक्त गरेका गरेका छन् भन्ने विषय यस लेखमा आएको छ । लोकसमाजमा प्रचलित विभिन्न लोकगीतले अवधी समुदायमा बस्ने विभिन्न जातजातिको प्रतिनिधित्व गरेको छ भन्ने कुरा यस लेखमा देखाइएको छ ।

Downloads

Download data is not yet available.
Abstract
36
PDF
15

Author Biography

प्रेमप्रसाद Prem Prasad तिवारी Tiwari, Butwal Multiple Campus, TU, Nepal

Assistant Professor

Downloads

Published

2025-02-04

How to Cite

तिवारी Tiwari प. P. P. (2025). अवधी भाषाका लोकगीतको अध्ययन { Study of Awadhi Folk Songs]. Cognition, 7(1), 211–229. https://doi.org/10.3126/cognition.v7i1.74798

Issue

Section

Articles