साल्गीको बलात्कृत आँसु कथामा जाति, क्षण र परिवेश {Caste, moment, and setting in the story Salgiko Balatkrit Aansu}
DOI:
https://doi.org/10.3126/cognition.v7i1.74797Keywords:
अभाव, कोठी, मतवाली, वशांणुक्रम, हाडनाताAbstract
प्रस्तुत लेख पारिजातको ‘साल्गीको बलात्कृत आँसु’ कथामा प्रयुक्त मानिसहरूको जाति, क्षण र पर्यावरणसम्बन्धी विश्लेषण र मूल्याङ्कनमा आधारित छ । जातिको पहिचान मानिसको शारीरिक बनावट एवम् वंशानुगत गुणका आधारमा गर्न सकिन्छ । हरेक युगमा मानिसको महत्त्वपूर्ण विचार समाजको विशिष्ट धारणा बन्दछ । पर्यावरणले सामान्य अर्थमा मानव आँखाले देखिने सम्पूर्ण वस्तुलाई बुझाउँछ । यस लेखमा पारिजातको कथालाई प्राथमिक सामग्रीका रूपमा तथा जाति, क्षण र पर्यावरणसम्बन्धी सिद्धान्त एवम् विश्लेष्य कथासँग सम्बन्धित अध्ययनलाई द्वितीय सामग्रीका रूपमा लिइएको छ । यसमा हिप्पोलाइट एडल्फ तेनले अघि सारेको जाति, पर्यावरण र क्षणसम्बन्धी सैद्धान्तिक मान्यतालाई कृतिविश्लेषणको आधार बनाइएको छ । साथै निगमनात्मक विधिबाट तथ्यको निरूपणपश्चात समस्याको समाधान गरिएको छ । पारिजातका विश्लेष्य कथामा कुन जातिका कस्ता पात्रको प्रयोग गरिएको छ साथै कथाको पर्यावरण र क्षण के कस्तो छ भन्ने प्राज्ञिक जिज्ञासाको समाधान गर्ने लक्ष्य यस लेखको रहेको छ । उनको यस कथामा विशेषतः अशिक्षित, गरिब, दूरदृष्टि नभएका तथा मतवाली पात्रको आधिक्य रहेको निष्कर्ष निकालिएको छ । साथै गरिबी र अशिक्षाका कारणले नारीहरूको अस्तित्व धरापमा पर्ने गरेको सन्दर्भका साथै नारीमाथि हिंसा, शोषण एवम् विभेद गरिने तत्कालीन नेपाली तथा भारतीय परिवेशको यथार्थ प्रस्तुति यस कथामा रहेको निष्कर्ष पनि निकालिएको छ ।