पृथ्वी कसको ? कविता सङ्ग्रहमा प्रगतिवादी वैचारिकता {Progressive Ideology in the Poetry Collection Prithvi Kasko?

Authors

  • असमान Asman लामा Lama

DOI:

https://doi.org/10.3126/cognition.v7i1.74791

Keywords:

पक्षधरता, पर्याधार, प्रभुत्व, वर्गद्वन्द्व

Abstract

प्रस्तुत अनुसन्धनात्मक लेखमा मित्रलाल पंज्ञानीको पृथ्वी कसको ? कवितासङ्ग्रहलाई पाठका रूपमा लिई त्यसमा प्रस्तुत प्रगतिवादी वैचारिकताको निरूपण गरिएको छ । पृथ्वी कसको ? कवितासङ्ग्रहमा पञ्चायतकाल, प्रजातन्त्रको पुनःस्थापना र लोकतान्त्रिक गणतन्त्रको स्थापना पछिको पनि निम्नवर्गीय जनताहरूको अवस्थाको यथार्थको चित्रण गरिएको छ । प्रगतिवादी कोणबाट यस कवितासङ्ग्रहको विश्लेषण गर्नु यस लेखको उद्देश्य हो । यस कवितासङ्ग्रहका कविताहरूको विश्लेषणका लागि प्रगतिवादको मान्यतालाई सैद्धान्तिक पर्याधार र ढाँचाका रूपमा अवलम्बन गरी पाठगत विश्लेषण गरिएको छ । यस लेखमा यस कवितासङ्ग्रहका कविताहरूमा स्पष्ट रूपमा शासकीय प्रभुत्वप्रति अस्वीकृति जनाउँदै नवीन संस्कृतिको उत्कट चाहना, निम्नवर्गीय शोषित उत्पीडित श्रमजीवी जनताको पक्षधरता, प्रगतिशील शिक्षामा जोड, वर्गद्वन्द्वप्रति महान् आस्था र आशावादी स्वर जस्ता प्रगतिवादी वैचारिक अभिव्यक्ति प्रस्तुत भएकाले प्रगतिवादी वैचारिकताका दृष्टिले पृथ्वी कसको ? कवितासङ्ग्रह सशक्त रहेको निष्कर्ष निकालिएको छ र यो नै यस अध्ययनको प्राप्ति समेत हो ।

Downloads

Download data is not yet available.
Abstract
21
PDF
14

Downloads

Published

2025-02-04

How to Cite

लामा Lama अ. . A. (2025). पृथ्वी कसको ? कविता सङ्ग्रहमा प्रगतिवादी वैचारिकता {Progressive Ideology in the Poetry Collection Prithvi Kasko?. Cognition, 7(1), 143–155. https://doi.org/10.3126/cognition.v7i1.74791

Issue

Section

Articles