अनायोजित उपन्यासमा पर्यावरणीय चेतना {Ecological consciousness in the novel Anayojit}

Authors

  • अम्बिका Ambika अर्याल Aryal Padmakanya Multiple Campus, TU, Nepal

DOI:

https://doi.org/10.3126/cognition.v7i1.74788

Keywords:

आधुनिकता, इकोलोजी, चेतना, पर्यावरण, यन्त्र

Abstract

प्रस्तुत लेखमा पर्यावरणीय चेतनाका आधारमा अनिता पन्थीको अनायोजित उपन्यासको विश्लेषण गरिएको छ । आधुनिकताका नाममा कृतिमाथि मान्छेले गरेको विनाश र त्यसले पर्यावरणमा पारेको असरप्रतिको चेतना नै पर्यावरणीय चेतना हो । अनायोजित उपन्यासमा पर्यावरणीय चेतनाको स्थिति केकस्तो रहेको छ भन्ने मूल समस्या रहेको यस लेखले प्रकृति र मानवबिचको सम्बन्ध, प्रकृतिको विनाशका कारण मानवीय जीवनमा पुगेको असर तथा प्रकृतिको संरक्षणप्रति जागृत पर्यावरणीय चेतनासम्बन्धी मान्यताका आधारमा कृतिको विश्लेषण गरी प्राज्ञिक जिज्ञासाको समाधानमा पुग्ने उद्देश्य लिएको छ । पाश्चात्य जगत्मा प्रचलित पर्यावरणीय चेतनासम्बन्धी साहित्यसिद्धान्तका आधारमा कृतिको विश्लेषण गरिएको हुनाले यो लेख निगमनात्मक प्रकृतिको बन्न पुगेको छ । सामग्री सङ्कलनका क्रममा पुस्तकालयीय पद्धतिलाई अवलम्बन गरिएको यस लेखमा प्राथमिक सामग्रीका रूपमा अनायोजित उपन्यासलाई लिइएको छ भने यससँग सम्बन्धित लेख, समीक्षा तथा विश्लेषण र पर्यावरणीय चेतनासँग सम्बन्धित कृतिलाई द्वितीयक सामग्रीका रूपमा लिइएको छ । यसमा प्रकृति र मानवको सम्बन्ध, प्रकृतिप्रतिको विश्वास र आकर्षण, प्रकृतिको विनाशप्रतिको चिन्ता, प्रकृतिको जगेर्नाका लागि जागृत चेतनासम्बन्धी मान्यतालाई विश्लेषणका ढाँचाका रूपमा उपयोग गरी अनायोजित उपन्यासमा अभिव्यक्त पर्यावरणीय चेतनाको विश्लेषण एवम् पहिचान गरिएको छ । प्रकृतिको विनाशले मानवजीवनमा पारेको नकारात्मक प्रभाव र त्यसप्रति सचेतनाको अपरिहार्यतालाई उपन्यासमा प्रस्तुत गरिएको निष्कर्ष यस लेखको रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
36
PDF
11

Author Biography

अम्बिका Ambika अर्याल Aryal, Padmakanya Multiple Campus, TU, Nepal

Assistant Professor

Downloads

Published

2025-02-04

How to Cite

अर्याल Aryal अ. A. (2025). अनायोजित उपन्यासमा पर्यावरणीय चेतना {Ecological consciousness in the novel Anayojit}. Cognition, 7(1), 120–130. https://doi.org/10.3126/cognition.v7i1.74788

Issue

Section

Articles