अभागी कथामा प्रजाति, क्षण र परिवेश {Species, moment, and setting in the story Abhagi}
DOI:
https://doi.org/10.3126/cognition.v7i1.74771Keywords:
प्रजाति, क्षण, प्रायोगिक, अन्धविश्वास, प्राज्ञिक, सम्बद्ध, समाजशास्त्रीयAbstract
प्रस्तुत लेख गुरुप्रसाद मैनालीद्वारा लिखित नासो कथासङ्ग्रह (२०२०) मा समाविष्ट अभागी कथामा आधारित छ । यस कथाको विश्लेषण समाजशास्त्रीय चिन्तक हिप्पोलाइट अडोल्फ तेनको प्रजाति, क्षण र परिवेशका आधारमा गरिएको छ । लेखक बाँचेको युग र उसले भोगेका सामजिक, आर्थिक, भौगोलिक आदि परिवेशलाई दृष्टिगत गरी कृतिभित्रको समाजको वैज्ञानिक एवं वस्तुपरक ढङ्गले अध्ययन एवं विश्लेषण गर्ने सिद्धान्त नै साहित्यको समाजशास्त्र हो । समाजशास्त्रीय मान्यतामध्ये प्रजाति, क्षण र परिवेशले व्यक्तिका, भाषा, संस्कृति, रहनसहन, भेषभुषा, परिस्थिति आदिमा केन्द्रित रहेर साहित्य र समाजको अध्ययन गर्न सकिन्छ भन्ने विचार प्रस्तुत गरेको छ । यसले लेखकको सामाजिक स्थिति र त्यस बेलाको प्रजाति, क्षेण र परिवेशको प्रभाव कृति भित्र के कस्तो छ, त्यसको अन्तः सम्बन्धको खोजी वैज्ञानिक एवं वस्तुपरक ढङ्गले गर्दछ । नासो कथा नेपाली समाजको विगत छ दशकको सामाजिक यथार्थसँग सम्बद्ध कथा हो । मैनाली साहित्य जगतमा आदर्शोन्मुख यथार्थवादी कथाकारका रूपमा चिनिन्छन् । यस अध्ययनमा उपर्युक्त कथामा उल्लिखित आधारहरूको पहिचान गर्दै प्रजाति, क्षण र परिवेशको अभिव्यक्तिलाई प्रस्ट पारिएको छ ।